रुसका राष्ट्रपति पुटिन पुगे भियतनाम
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भियतनाम पुगेका छन् । २४ वर्षपछि उत्तर कोरियाको दुई दिने राजकीय भ्रमण सकेर पुटिन आज भियतनाम पुगेका हुन् ।
पुटिनलाई हनोईको अन्तर्राष्ट्रिय विमानस्थलमा भियतनामका उपप्रधानमन्त्री ट्रान होङ हाले स्वागत गरेका थिए । भियतनामका कम्युनिष्ट नेताहरूसँग वार्ता गर्न आज पुटिन त्यहाँ पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
पुटिनले गत मे महिनामा आफ्नो पाँचौं कार्यकालका लागि सपथ लिएपछि चीन र उत्तर कोरियापछि दक्षिणपूर्वी एसियाली राष्ट्र भियतनामको भ्रमण गरेका हुन् ।
पुटिन सन् २०१७ पछि पहिलो पटक भियतनाम पुगेका हुन्। भियतनामका शीर्ष नेताहरूसँग वार्ता गर्नुका साथै पुटिनले भियतनामका संस्थापक नेताको शव राखिएको स्थानमा गइ माल्यार्पण गर्ने कार्यक्रम रहेको छ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विदेश, समाचार
ताजा खबर
- १जेठ पहिलो सातादेखि सहकारीको बचत फिर्ता गर्ने तयारी, ७६ हजारको करिब ४६ अर्ब फिर्ता गर्न बाँकी
- २अध्यादेशको काम फत्ते भएपछि संसद बैठक बोलाउन सरकार तयार
- ३बालेन सरकारले सिफारिस गरेका ८ वटै अध्यादेश राष्ट्रपतिद्वारा जारी
- ४सरकारले भन्योः पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिँदैन
- ५कांग्रेसका पाँच भातृसंगठनका कार्यसमितिहरू स्वतः विघटन



तपाईको कमेन्ट लेख्नुहोस्