इङ्गल्यान्डद्धारा वेस्ट इन्डिज आठ विकेटले पराजित
काठमाडौं । टी–२० विश्वकप २०२४ को सुपर–८ अन्तर्गत आफ्नो पहिलो खेलमा इंग्ल्यान्डले वेस्ट इन्डिजलाई ८ विकेले पराजित गरेको छ । वेस्ट इन्डिजले दिएको १८१ रनको लक्ष्य इंग्ल्यान्डले २ विकेटको क्षतिमा १७.३ ओभरमा पूरा गरेको हो ।
लक्ष्य भेटाउने क्रममा ओपनर फिल साल्टले ८७ र जोनी बेयरस्टोले ४८ रनको अविजित पारी खेले । जस बटलरले २५ र मोइन अलीले १३ रनको योगदान गरे । वेस्ट इन्डिजका आन्द्रे रसेल र रोस्टन चेशले एकरएक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ४ विकेटको क्षतिमा १८० रन बनाएको थियो । वेस्ट इन्डिजका लागि जोनसन चार्ल्सले ३८, किकोलस पुरन र रोभम्यान पावेलले ३६र३६ रन बनाए भने ब्रेन्डन किङ २३ रनमा रिटार्यड हर्ट भए ।
यस्तै, शेरफेन रदरफोर्ड २८ र रोमारियो शेफर्ड ५ रनमा अविजित रहे । इंग्ल्यान्डका जोफ्रा आर्चर, अदिल राशिद, मोइन अली र लियाम लिभिङस्टोनले एकरएक विकेट लिए ।
वेस्ट इन्डिजको जारी विश्वकपमा पहिलो हार हो । समूह चरणमा सबै चार खेलमा अपराजित हुँदै सुपर–८ मा आइपुगेको थियो । इंग्ल्यान्ड र वेस्ट इन्डिज सुपर(८ को समूहर २ मा छन् । यो समूहमा अरु दुई टोली अमेरिका र साउथ अफ्रिका रहेका छन् ।
क्याटेगोरी : खेलकुद, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्