पुटिन २४ वर्षपछि पुगे उत्तर कोरिया, किम जोङ्ग उन आफैंले गरे स्वागत

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन २४ वर्षपछि उत्तर कोरियाको भ्रमणमा गएका छन् । पुटिनलाई स्वागत गर्न उत्तर कोरियाली नेता किम जोङ्ग उन आफैं सुनान अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । उत्तर कोरियाको भ्रमणमा पुटिन दोस्रो पटक पुगेका हुन् ।
रुसले पुटिनको यो भ्रमणलाई ‘मैत्रीपूर्ण राजकीय यात्रा’ नाम दिएको छ । पुटिनको उत्तरकोरिया भ्रमणले विश्वभर चर्चा पाइरहेको छ । पश्चिमा देशहरुले यी दुई नेताबीच हुने छलफललाई चासोका साथ हेरेका छन् ।
उनीहरुलाई रुस र उत्तर कोरियाबीच हतियारको डिल हुन सक्ने डर छ । युक्रेनविरुद्धको लडाइँमा रुसलाई उत्तर कोरियाले आर्थिक सहायता र प्रतिरक्षा प्रविधिसँग सम्बन्धी समझदारी हुने अनुमान पश्चिमा देशहरुले गरेका छन् । ब्रिटिश मिडिया वेबसाइट इन्डिपेन्टका अनुुसार पुटिन र किमजोङ्ग उनबीच एक बैठक पनि आयोजना भएको छ ।
सो बैठकमा पुटिनले युक्रेनविरुद्धको लडाइँमा रुसलाई समर्थन गरेको भन्दै उत्तर कोरियाको प्रशंसा गरेका थिए । साथै उनले पश्चिमा देशहरुले लगाएको प्रतिबन्धको मिलेर सामना गर्ने चाहना पनि व्यक्त गरेका थिए । उत्तर कोरिया बसाइको क्रममा पुटिन गाला कन्सर्टमा सहभागी हुने र अर्थोडक्स चर्चको भ्रमण गर्ने छन् ।
क्याटेगोरी : राजनीति, विदेश, समाचार
ट्याग : #उत्तर कोरिया, #भ्लादिमिर पुटिन
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्