श्री केश तेलको बद्मासी,प्रधानमन्त्रीदेखि कलाकारसम्म प्रयोग गर्दै सर्वसाधारणमाथि ठगी !

काठमाडौं । तपाईले सामाजिक सञ्जाल हेर्दै हुनुहुन्छ भने एउटा भिडियो सामग्री तपाईको मोवाइलमा घरिघरी आउछ होला त्यो हो श्री केश तेल । त्यो प्रचार–प्रसार सामग्रीमा देखिने ब्यक्ती देशको बागडोर सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि चिनिएका र आफूलाई सेलिब्रेटी ठान्ने जो कोही पनि छुटेका छैनन् होला । श्री केश तेल बालुवाटारदेखि सिंहदरबार, बालकोटदेखि कलाकारको घर–घरमा नपुगेको त साहेदै कोही होला ।
सप्तऋषि आयुर्बेदद्धारा बजारमा ल्याइएको श्री केश तेल ३२ प्रकारका जडीबुटी प्रयोग गरिएको दाबी गरिएको छ । श्री केश तेलको प्रचार–भिभीआईपीदेखि भीआइपीसम्मलाई निशुल्क बाँडिदैछ । तर, उनीहरुकै नाम भजाएर अनावश्यक विज्ञापन बनाएर सर्वसाधारणलाई लुट्ने धन्दा चलिरहेको छ ।
लुट्न सहयोग गरिरहेका छन् प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पूर्वयुराज्ञी हिमानी शाह मात्रै होइन राष्ट्रका गहना दाबी गर्ने चर्चित कलाकार समेत । बिज्ञापनका नाममा प्रचार–प्रचारको नयाँ शैली होला । तर, यो प्रचारमा श्री केशले देशका नेतादेखि कलाकारसम्मको चरम दुरुपयोग गरिरहेको छ ।
कसरी दुरुपयोग ग¥यो त नेतादेखि कलाकारसम्मलाई श्री केशले
श्री केश तेलको ठगी धन्दा कस्तो छ त केही उदाहरण हेरौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले एक कार्यक्रममा भनेका थिए अहिले मेरो कपाल सबै झरेको थियो पलाउन थालेको छ । यो रोपेको होइन आफै पलाउन थालेको छ । जुँगा अलि हलि कालो हुँदैछ । कसैले २० बर्षसम्म अव आश नगर्दा हुन्छ । तर, त्यही भाषणलाई लिएर श्री केशका मालिक टिकाराम बुढाथोकीले श्री केश तेलकै प्रयोगले एमाले अध्यक्ष ओलीको कपाल आएको जुँगा पलाएको दाबी गर्दै यस्तो भ्रामक प्रचार–प्रसार गरिरहेका छन् । साहेद यो कुरा एमाले अध्यक्ष ओलीलाई थाह छैन् होला । एमाले अध्यक्ष ओलीले यी शब्द बोलेपछि तेल लिएर बुढाथोकी आफै बालकोट पुगेका थिए । त्यहि फोटो र भिडियो खिचे अनि विज्ञानपन बनाएर दुरुपयोग गरिरहेका छन् ।
ओली मात्रै होइन देशको प्रधानमन्त्री प्रचण्डलाई नै बुढाथोकीले श्री केश तेलको उपहार दिन नेताहरुको बैठक स्थल नै पुगे । कपाल आउने देखि कालो हुनेसम्मको अर्ती देशको प्रधानमन्त्रीलाई टिकाराम बुढाथोकीले सुनाइरहेका थिए । दुख पाएका समस्यामा परेका नागरिकले भेट्न पाउँ भन्दा भेटै नदिने प्रधानमन्त्रीको सचिवालयले बैठक कक्षमै बुढाथोकीलाई कसरी पु¥यायो । त्यो नै अनौठो छ । श्री केश तेलको अर्को बद्मासी पनि छ ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत श्री केश तेलका मालिक टिकाराम बुढाथोथीकीले तेल थमाइदिए । कपाल झर्न रोक्ने, नयाँ कपाल उमार्ने आश्वासन दिएर हातैमा थमाउने अनि भिडियो र फोटो खिचेर विज्ञापन शैलीमा प्रचार–प्रचार गर्न मिल्छ ? पूर्वयुवराज्ञी हिमानी शाहलाई पनि यहि तेल थमाएर सामान्य नागरिकलाई झुक्याउने काम भइरहेको छ ।
राजनीतिक दलका नेता मात्रै होइन कलाकारहरुको तस्वीर र भिडियो चरम दुरुपयोग गरिएको छ । निशुल्क तेल पाए बाफत केही चिल्ला कुरा सेलिब्रेटीले गर्दिए होलान् तर, त्यहि कुरालाई सामाजिक सञ्जालमा राखेर नागरिकको आँखामा छारो हाल्ने काम श्री केश नामक तेल उत्पादन गर्दै आएको सप्तऋषि आयुर्बेदले गरिरहेको छ ।
कपाल झर्न रोक्ने, टाउको चिलाउन रोक्ने, नयाँ कपाल उमार्ने, चाँया हटाउने, सिल्की बनाउने, बलियो बनाउने मात्रै होइन कालो बनाउने रहर कसको पो हुदैन होला र ? कपाल झर्ने र चिल्लो तालु हुनेलाई चटक्क कपाल बनाउन रहर लाग्ने र खोजी खोजी हिड्ने पक्कै पनि लाग्छ होला । त्यति मौकाको फाइदा उठाउदै टिकाराम बुढाथोकीले सबैलाई बेकुअफ बनाइरहेका छन् ।
विगतमा अर्के औषधिको धन्दा चलाइरहेका बुढाथोकीले यतिबेला श्री केश तेल नामक धन्दा चलाइरहेका छन् । देशको बागडोर सम्हालेका राजनीतिज्ञ, कलाकार मात्रै होइन सामाजिक सञ्जालमा जो चर्चामा छ । जसले फण्डा गरेर झुक्याउन सक्छ उनीहरुकै फोटो र भिडियोको दुरुपयोग हुँदा न बिज्ञापन बोर्ड बोलेको छ । त न सरकारी कुनै निकायले नै चासो दिएको छ ।
प्रचार प्रचारका लागि निशुल्क हातमा थमाउने तेल आम नागरिकका लागि भने ३ हजार मूल्य राखिएको छ । ३२ प्रकारका जडिबुटीबाट तेल बनेको दाबी गरिदै गर्दा श्री केश तेलको प्रचार–प्रसारमा खटिएका दुतहरुले सर्वसाधारण ठगिएको, लुटिएको हेर्न पर्छ या पर्दैन यो प्रश्न आफूलाई सेलिब्रटी र देशको नेता ठान्नेहरुलाई नै ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #तेलको बद्मासी, #श्री केश तेल, #सर्वसाधारणमाथि ठगी, #सामाजिक सञ्जाल
तपाईको कमेन्ट लेख्नुहोस्