Techie IT
  • ८ साउन २०८२, बुधबार
KhojPatrika

राष्ट्रपति पौडेलले स्वीजरल्याण्ड र जर्मनीको भ्रमण गर्ने


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स्वीजरल्याण्ड र जर्मनीको भ्रमण गर्ने भएका छन् । बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति पौडेलको जर्मनी र स्वीजरल्याण्डको भ्रमण गर्न स्वीकृति दिएको हो ।

जेठ ३१ गते स्वीजरल्याण्डको जेनेभामा आयोजना हुने अन्ताराष्ट्रिय श्रम सम्मेलनको ११२ औं अधिवेशनमा भाग लिन र त्यसपछि संघीय गणतन्त्र र जर्मनीको भ्रमण कार्यक्रम रहेको हुनाले भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

त्यसैगरी सरकारले नेपाल न्याय सेवातर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा खेमराज ज्ञवाली, यमबहादुर बुढामगर, भद्रकाली पोखरेललाई बढुवा नियुक्त गरी क्रमशः नायव महान्यायाधिवक्ता, न्यायपरिषद्का सचिव र सर्वोच्च अदालतका रजिष्ट्रारमा पदस्थापन गरेको छ ।

यसैगरी सरकारले वन दोस्रो संशोधन नियमावली,२०२१ स्वीकृत गरेको छ। साथै तिलगंगा आँखा विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद् समक्ष पेश गर्न स्वीकृति दिएको छ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं