कांग्रेसले आज गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्ने
काठमाडौं । नेपाली कांग्रेसले गण्डकीमा शुक्रबारको प्रदेश सभा बैठक बहिस्कार गर्ने भएको छ। बजेटका सन्दर्भमा छलफलका लागि बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ ।
कांग्रेसले मुख्यमन्त्री खगराज अधिकारीको विश्वासको मतविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै त्यसको अन्तिम किनारा नलागेसम्म संसद बैठकमा सहभागी नहुने प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिए ।
मुद्दाको अन्तिम किनारा नलागेसम्म प्रदेश सभा बैठक र सरकारले गर्ने कुनै पनि कार्यमा कांग्रेसको सहभागिता नरहने कांग्रेस संसदीय दलका प्रमुख सचेतक न्यौपानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
उनले अदालतको आदेशविपरीतको काम गरे कांग्रेस संसदीय दललाई मान्य नहुने चेतावनी दिँदै त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार स्वयं सरकार हुने बताएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, सामाजिक सञ्जाल
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्