सांसदहरूबीच धकेला धकेलपछि प्रतिनिधिसभा बैठक स्थगित (भिडियोसहित)
काठमाडौं । प्रतिनिधिसभा बैठकमा सत्तापक्ष नेकपा एमाले र प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरुबीच धकेलाधकेल भएको छ । सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसको नाराबाजीका बीच गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि विवाद भएको हो । सभामुखले गृहमन्त्रीलाई समय दिँदा कांग्रेस सांसदहरुले वेल घेराउ गरिरहेका थिए ।
कांग्रेस सांसदहरुले गृहमन्त्रीलाई रोष्ट्रममा जान नदिन बाटो छेकेर नाराबाजी गरिरहेका थिए । त्यही बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अरु सांसदहरुले लामिछानेलाई रोष्ट्रममा जान आग्रह गरे र कांग्रेस नेताहरुसँग विवाद गरेका थिए ।
कांग्रेस सांसदहरूले गृहमन्त्रीलाई रोष्ट्रममा जान नदिन अवरोध गरेपछि सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरूबीच धकेलाधकेल भयो । एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सांसद धनराज गुरुङ भनाभनमा उत्रिएका थिए । काँग्रेसको नाराबाजीकाबीच सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट आएको पत्र वाचन गरेर सुनाउनुभएको थियो । प्रतिनिधि सभा बैठक शुरु हुनासाथ प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरु नाराबाजी गर्दै वेल घेराउ गर्न आएका थिए ।
सभामुख घिमिरेले बैठकमा शुन्य र विशेष समय नरहेको जानकारी गराउँदै राष्ट्रपतिबाट आएका पत्रहरु सुनाउनुपर्ने रहेको बताए । उनले राष्ट्रपतिलाई जेठ १ गते सरकारको नीति तथा कार्यक्रम प्रश्तुत गरेकोमा धन्यवाद ज्ञापन गर्नु र अध्यादेशबाट आएका कानुनलाई टेबुल गर्नु पनि संसदको काम रहेकाले अवरोध नगर्न आग्रह गरे । तर प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले संसदीय समिति गठनको माग गर्दै गरिएको नाराबाजी नरोकेपछि खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी विधेयक प्रमाणिकरण गरिएको पत्र पढे ।
लगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कार्यभार तोकिएको पत्र पढेर सुनाउनु भयो । पत्र पढिरहँदा अन्य प्रतिपक्ष दलहरु लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी समेतले उठेर विरोध जनाएका थिए । सत्तापक्षका सांसदहरु समेत उठेर प्रतिपक्षि सांसदहरुको प्रतिवाद गर्न थालेपछि संसद बैठकलाई सभामुखले शुक्रवार बिहान ११ बजे बस्नेगरी स्थगित गरेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, भिडियो, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #धकेलाधकेल, #सभामुख देवराज घिमिरे, #सांसदहरूबीच धकेला
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्