Techie IT
  • २ जेठ २०८२, बिहीबार
KhojPatrika

नेपाली बिद्यार्थी संघ सिन्धुलीले बुझायो सिडियोमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र


सिन्धुली । नेपाल बिद्यार्थी संघ सिन्धुलीले जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा ज्ञापन पत्र बुझाएको छ । प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई विभिन्न माग राखी नेपाल विद्यार्थी संघ सिन्धुलीले प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाएको हो ।

सहकारी बचतकर्ताहरुको बचत फिर्ता गराउन, सहकारीको समस्यालाई दिगो रुपमा समाधान गर्न र सहकारीको रकम दुरुपयोग गरि अपचलन गर्ने सहकारी ठगहरुलाई छानविनको दायरामा ल्याई कानुनी कारबाही गर्न नेविसंघले माग गरेको छ ।

त्यस्तै, सहकारी ठगीमा संलग्न सहकारी सस्था, सदस्य र सम्बन्धित व्यक्तिहरुलाई कानुनको दायरामा ल्याउन तत्काल निष्पक्ष संसदीय छानविन समिति गठन गर्न पनि उसले माग गरेको छ ।

विद्यार्थी केन्द्रित आवश्यक परिमार्जन एंव संशोधन सहित विद्यालय शिक्षा विधेयक – २०८० तत्काल लागू गर्न पनि सरकारको नेविसंघले ध्यानाकर्षण गराएको छ ।

उच्च शिक्षामा अध्ययन तथा अनुसन्धान गर्ने अवसर उपलब्ध गराई प्रतिस्पर्धाको आधारमा उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गरी देशको शैक्षिक तथा प्राज्ञिक क्षेत्रलाई अझ बढी गुणस्तरीय, मर्यादित र उपलब्धिमूलक बनाउन र विश्वविद्यालय तथा उच्च शिक्षण संस्थाको स्थापना, सञ्चालन, नियमन र व्यवस्थापन सम्बन्धी कार्यलाई सहजीकरण र व्यवस्थित गर्नको लागि विश्वविद्यालय छाता ऐन सम्बन्धी विधेयक तत्काल प्रतिनिधि सभामा प्रस्तुत गर्न माग पत्र बुझाइएको जिल्ला अध्यक्ष भरत बिक जानकारी दिए ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेपाल बिद्यार्थी संघ सिन्धुली, #प्रधानमन्त्री तथा मन्त्री परिषद्को

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं