राष्ट्रपतिको सम्बोधनमा सहयोग गर्न कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेताबिचको छलफल सकिएको छ । संसद् अवरुद्ध खुलाउने विषयमा छलफल केन्द्रित रहेको र प्रधानमन्त्रीले राष्ट्रपतिको सम्बोधनमा सहयोग गर्न आग्रह गरेको नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले बताए ।
प्रधानमन्त्रीले समस्या समाधानका लागि पूरै कोसिस गरिरहेको छु । म समस्या समाधानतर्फनै उन्मुख छु, तपाईँहरूले सहयोग गर्नुपर्यो भन्नुभयो लेखकले भने नीति तथा कार्यक्रम राष्ट्रपतिबाट सम्बोधन हुने तयारी छ । राष्ट्रपतिको सम्बोधनलाई अवरोध नगरीदिनुस् भन्नुभएको छ । प्रधानमन्त्रीको भनाइबारे संसदीय दलको बैठकमा छलफल गरेर निर्णयमा पुग्छौँ ।
संसदीय दलको बैठकअघि प्रधानमन्त्रीसँग छलफलका लागि कांग्रेस महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक बालुवाटार पुगेका थिए । कांग्रेस संसदीय दलको बैठक पनि आज बिहान बस्दैछ ।
कांग्रेसले सहकारीको बचत अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ । बैठकमा आज सदनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने बताइएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #दाहाल प्रचण्ड, #नेपाली कांग्रेस, #संसद् अवरुद्ध
ताजा खबर
- १बालेन सरकारको सय दिन, प्रशासनिक सुधार, सार्वजनिक सेवाप्रवाहमा जोड
- २कांग्रेसको इतर पक्षले २२ गतेदेखि चुनदेवीस्थित नयाँ कार्यालयबाट काम गर्ने
- ३शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न गगनको सुझाव
- ४बालेन सरकार ऐनले नचिनेका व्यक्तिको स्वेच्छाचारी शासन भएको एमालेको निष्कर्ष
- ५जनताले महशुस हुनेगरी काम गर्न नसकेको हर्कराज राईको जिकिर



तपाईको कमेन्ट लेख्नुहोस्