अनेक गरिन्छ तर सरकारलाई पूरै अवधि लगिन्छः प्रधानमन्त्री प्रचण्ड
सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसरी भए पनि सरकारलाई पूरा अवधि चलाउने बताएका छन् । सुनकोशी मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’पछि बुधबार सिन्धुलीको सुनकोशी गाउँपालिकामा कार्यकर्ताहरूसँग प्रधानमन्त्री प्रचण्डले अनेक गरेर भए पनि सरकारलाई पूरै अवधि चलाउने बताएका हुन् ।
उनले भने, ‘अनेक गरिन्छ तर सरकारलाई पूरै अवधि लगिन्छ, दुविधा नरहोस् ।’ प्रचण्डले वर्तमान सरकार बनेपछि विकास निर्माण, शिक्षा, स्वास्थ्य आदि क्षेत्रमा युगान्तकारी काम भएको दाबी गरेका छन् ।
‘नीति कार्यक्रम र बजेटमार्फत आमनागरिकमा भरोसा स्थापित गर्ने प्रयास हुनेछ,’ उनले भने, ‘विकासको नयाँ युग सुरु हुन्छ, नीति कार्यक्रम र बजेट एक अर्काको पुरक हुनेछन् ।’ सूचना प्रविधि र कृषिलाई केन्द्रित गरेर नीति बनाइरहेको प्रधानमन्त्रीको भनाई छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #प्रधानमन्त्री, #सुनकोशी मरिण
ताजा खबर
- १सरकारले नै विस्थापित सुकुम्वासीलाई आज र भोलि खानाको व्यवस्था गर्ने
- २हेडसरलाई थर्काएको रास्वपा सांसद विश्वराज पोखरेलको भिडियो भाइरल, चौतर्फी आलोचना
- ३चल्यो सुकुम्बासी बस्तीमा डोजर,सरकारलाई सघाउदै निस्किए सुकुम्बासी, ५ स्थानमा बासस्थान
- ४जानकी नवमीः मिथिलाको गौरव र माता जानकीको प्रादुर्भाव
- ५रविलाई हर्कले सोधे–सुकुमबासीलाई धनीपूर्जा दिने बाचा गरेर चुपचाप घण्टीमा छाप मागेको होइन ?



तपाईको कमेन्ट लेख्नुहोस्