संसद अवरोध हटाउन सभामुखले प्रधानमन्त्रीसहित शीर्ष नेतासँग छलफल गर्दै
काठमाडौं । सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्न लागेका छन् । सभामुख घिमिरेले आज बिहान साढे ११ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बैठक बोलाएका हुन् ।
संसद्को वर्षे अधिवेशन सुरु हुनुअघि सहकारी प्रकरणमा सहमतिको प्रयासका लागि सभामुखले शीर्ष नेताहरूलाई बैठकमा बोलाएका हुन् ।
सभामुखले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोलाएका छन् ।
सहकारी प्रकरणमा रास्वपा सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता सम्बन्धमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै प्रमुख विपक्षी कांग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरोध गरेको थियो । कांग्रेसको अवरोधले सदनको कारवाही प्रभावित भएपछि सभामुखले शीर्ष बैठक बोलाएका हुन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #प्रमुख दलका शीर्ष, #सभामुख घिमिरे
ताजा खबर
- १प्रचण्डलाई विप्लवको जवाफ– विचलनकारीले एकताको अपिल गरेको सुहाउँदैन
- २धनुषा पुगेर गगनले भने– कांग्रेसमा अब गुट छैन, ध्वंस गर्ने पार्टी पनि होइन
- ३काठमाडौं-४ मा एमालेको उम्मेदवार थिएन, रास्वपाले बाहिरको मान्छे ल्याउन पर्यो : गगन थापा
- ४करिब २० हजारले घट्यो सुनको मूल्य
- ५इयूले इरानी ‘रिभोलुसनरी गाड्र्स’लाई आतङ्कवादीको सूची’मा राख्ने



तपाईको कमेन्ट लेख्नुहोस्