आज नवौँ राष्ट्रिय पत्रकारिता दिवस
काठमाडौं । नवौँ राष्ट्रिय पत्रकारिता दिवस, गोरखापत्र प्रकाशन प्रारम्भ भएको दिनको अवसरमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । वि सं. १९५८ वैशाख २४ गते साप्ताहिकरूपमा गोरखापत्रको प्रकाशन शुरु भएको थियो ।
गोरखापत्र प्रकाशनको १२४ वर्ष लागेको छ । सरकारीस्तरबाट अखबार प्रकाशन शुरु भएको दिनको अवसर पारेर सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रियरुपमै मनाउन मान्यता दिएपछि यो दिवस वैशाख २४ गते मनाउन थालिएको हो ।
दिवसको अवसरमा सञ्चार मन्त्रालय तथा गोरखापत्र संस्थानले विभिन्न कार्यक्रम आयोजना गरेका छन् । गोरखापत्रले आफ्ना पत्रकार तथा कर्मचारीलाई पुरस्कृत गर्दैछ ।
राणा शासनकालमा श्री ३ देवशमशेरले देश दुनियाका खबरद्वारा जनतालार्ई ससूचित गराउने उद्देश्य राखेर स्थापना गराएको गोरखापत्र २०१७ साल फागुन ७ गतेदेखि दैनिक प्रकाशन हुँदै आएको छ। पछि गोरखापत्र संस्थानबाट विसं। २०२२ देखि अंग्रेजी दैनिक दि राइजिङ नेपाल, २०२५ देखि साहित्यिक मासिक मधुपर्क, २०४५ सालमा युवामञ्च र २०४७ मा मुना मासिक प्रकाशित हुँदै आएका छन्।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #राष्ट्रिय पत्रकारिता दिवस
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्