Techie IT
  • १ जेठ २०८२, बुधबार
KhojPatrika

गृहमन्त्री रवि र जीबी राईबारे भ्रम फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ


काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र सहकारी ठगी प्रकरणमा फरार जीबी राईबारे सामाजिक सञ्जालमार्फत भ्रम फैलाएको आरोपमा डिल्लीराम खनाललाई प्रहरीले पक्राउ गरेको छ ।

गृहमन्त्री लामिछानले जीबी राईको हत्या गराइसकेको भनी भ्रम फैलाएको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँले खनाललाई पक्राउ गरेको हो ।

मंगलबार पक्राउ परेका उनी अहिले परिसरको हिरासतमा छन् । उनीविरुद्ध अनुसन्धानका लागि प्रहरीले अदालतबाट ३ दिनको म्याद थपिसकेको छ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #डिल्लीराम खनाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं