सहकारी ठगी प्रकरणमा मुछिइन् राप्रपा सांसद गीता बस्नेत
कास्की । नवलपुरको छिपछिपे सहकारी ठगी प्रकरणमा राप्रपा सांसद गीता बस्नेतलाई पक्राउ पुर्जी जारी गरिएको छ । छिपछिपे सहकारीको रकम हिनामिना पार्ने काम गरेको भन्दै उजुरीका आधारमा प्रहरीले पक्राउ गर्न लागेको हो । राप्रपा सांसद बस्नेतसहित केही जनालाई पक्राउ पुर्जी जारी गरिएको र संघीय संसद सचिवालयको अनुमति लिएर पक्राउ गर्नुपर्ने भएकाले प्रक्रियामा गएको प्रहरीको भनाइ छ ।
राप्रपा सांसद बस्नेतको समेत संलग्नतामा नवलपुरसहित बुटवल र बर्दियामा समेत गरी सहकारीको रकम ठगी भएको प्रहरीले जनाएको छ । बस्नेतमाथि संगठित अपराधमा पनि अनुसन्धान भइरहेको छ ।
कावासोतीमा रहेको छिपछिपे सहकारीको १६ करोड ६९ लाख रकम हिनामिना गर्ने मुख्य योजनाकार रहेका योगेन्द्र पाण्डे र नगेन्द्रबहादुर रिमालसँगको अवैध कारोबार र संलग्नता देखिएपछि प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ । राप्रपा सांसद बस्नेतलाई वैशाख १४ गते पक्राउका लागि अनुमति लिइएकोमा हालसम्म उनी फरार रहेकी छिन् ।
सांसद बस्नेतले चितवनको सनसाइन सहकारीबाट २० करोड, बर्दियाको नमस्ते सहकारीबाट ७ करोड र नवलपुरको कावासोतीको छिपछिपे उपभोक्ता सहकारीबाट १ करोडभन्दा बढी उनका ज्वाई नगेन्द्रबहादुर रिमाल र उनीहरुका साथीमार्फत् रकम निकासी गरेको अनुसन्धानले देखाएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #पक्राउ पुर्जी जारी, #राप्रपा सांसद
ताजा खबर
- १रुकुमेली सेवा समाज स्थापनाको औपचारिक प्रक्रिया अघि बढ्यो
- २बालेनलाई रबिले भने– बादलको टुक्रामा जहाज हल्लिन सक्छ, डर मान्नु पर्दैन
- ३नरबहादुरको उपचारका लागि ५ लाख ५१ हजार ५७० रुपैयाँ हस्तान्तरण
- ४पार्टी मिल्छ भने महामन्त्री छाड्न तयार छु : प्रदीप पौडेल
- ५सर्वोच्चले गगनलाई चड्कन दियो, अबको सभापति देउवा : मोहन बस्नेत



तपाईको कमेन्ट लेख्नुहोस्