इलाम–२ मा रास्वपासहित १६ उम्मेदवारको जमानत जफत,मिलनको ५ हजार ५० मत
काठमाडौं । इलाम २ मा उपनिर्वाचन सम्पन्न भएर मंगलबार अन्तिम नतिजा आएको छ । नतिजा अनुसार रास्वपासहित १६ जना उम्मेदवारको जमानत जफत भएको छ ।
जमानत जोगाउन सदर मतको १० प्रतिशत भोट पाउनुपर्ने हुन्छ । तर, रास्वपाका उम्मेदवार मिलन लिम्बुसहित अन्य १६ उम्मेदवार सो बराबर मत ल्याउन असफल भए । इलाम २ मा सदर मत ६८ हजार ४७२ हो भने जमानत जोगाउन कम्तीमा ६ हजार ४ मत ल्याउनुपर्ने हुन्छ ।
मिलन लिम्बुले ५ हजार ५० मतमात्रै पाए । यस्तै एकीकृत समाजवादी, राप्रपा, जनमत पार्टी, नेमकिपा, राप्रपा नेपालका उम्मेदवार र अन्य स्वतन्त्र उम्मेदवारको पनि जमानत जफत भयो ।
इलाम २ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएका छन् । जसअनुसार कांग्रेस उम्मेदवार डम्बर खड्का र स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुको मात्रै जमानत जोगिएको छ । रास्वपा सभापति रवि लामिछानेसहितका नेताहरु दलबल सहित चुनावी प्रचार–प्रसारमा लागेपनि जमानत नै जोगाउन सकेनन् ।

क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #अन्तिम नतिजा, #मिलनको ५ हजार ५० मत, #रास्वपा
ताजा खबर
- १मन्त्रीबाट राजीनामा दिदैं सरकारबाट बाहिरिए कुलमान घिसिङ,चुनाव लड्ने तयारी
- २मानव अधिकार आयोगमा रवि लामिछानेको डेढ घण्टा बयान
- ३जहरसिंह पौवा दुर्घटनाः ४ जनाको मृत्यु, २७ घाइते
- ४जनार्दन शर्मा रुकुमपश्चिमबाट चुनाव लड्ने पक्का, प्रलोपाले गर्यो एकल नाम सिफारिस
- ५कांग्रेसमा महामन्त्रीद्वय गगन र विश्वप्रकाशले बोलाए विशेष महाधिवेशन



तपाईको कमेन्ट लेख्नुहोस्