रुकुमको प्रभु बैंकबाट एक करोड ३१ लाख बढी रकम हिनामिना गरेर फरार कर्मचारी पक्राउ
रुकुमपश्चिम । जिल्लाको आठविसकोट नगरपालिका ९ राडिमा रहेको प्रभु बैंकबाट करोडौ रकम अपचलन गरेर फरार रहेका बैकका कर्मचारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले बैंकको अपरेशन ईन्चार्ज पदमा कार्यरत कर्मचारी निरजबिक्रम शाहलाई पक्राउ परेको हो ।
पक्राउ परेका शाहलाई शुक्रबार पत्रकार सम्मेलन गरेर प्रहरीले सार्वजनिक गरेको हो । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १५ स्थित जमुनाहबाट शाहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक नमराज भट्टराईले जानकारी दिए । प्रहरी निरिक्षक धर्मेन्द्र खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले चैत ८ गते बिहिबार शाहलाई पक्राउ गरेको थियो ।
शाहले बैंकमा कार्यरत रहँदा बैंकको खाताबाट एक करोड ३१ लाख २५ हजार रुपियाँ अपचलन गरेको भन्दै प्रभु बैंकका कर्णाली प्रदेश प्रमुख शरद राज तिमिल्सिनाले मुद्धा दर्ता गराएका छन् । तिमिल्सिनाले आठविसकोट नगरपालिकाको खाताको तीन वटा चेक मार्फत उक्त रकम अपचलन गरेको आरोपमा बैंकिङ कसुर शिर्षकमा मुद्धा चलेको थियो ।
आठविसकोट नगरपालिकाको उक्त रकम भूकम्प पीडितहरुको अस्थायी आवास निर्माणका लागि निकासा गर्नलाई बैंकमा पठाईएको रकम हो । यस बाहेक अन्य सेवाग्राहिहरुको लाखौ रकम समेत कर्मचारी शाहले हिनामिना गरेका थिए । शाहलाई उच्च अदालत सुर्खेतबाट सात दिन थुनामा राख्ने अनुमति दिइएको छ ।
क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #आठविसकोट नगरपालिका, #निरजबिक्रम शाह, #प्रभु बैंक
ताजा खबर
- १रुकुमेली सेवा समाज स्थापनाको औपचारिक प्रक्रिया अघि बढ्यो
- २बालेनलाई रबिले भने– बादलको टुक्रामा जहाज हल्लिन सक्छ, डर मान्नु पर्दैन
- ३नरबहादुरको उपचारका लागि ५ लाख ५१ हजार ५७० रुपैयाँ हस्तान्तरण
- ४पार्टी मिल्छ भने महामन्त्री छाड्न तयार छु : प्रदीप पौडेल
- ५सर्वोच्चले गगनलाई चड्कन दियो, अबको सभापति देउवा : मोहन बस्नेत



तपाईको कमेन्ट लेख्नुहोस्