दिपेश पुनलाई ८ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत रुपन्देहीबाट पुनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद लिएको हो ।
शुक्रबार काठमाडौंबाट पक्राउ परेका पुनलाई अनुसन्धानका लागि रुपन्देही लगिएको थियो । तत्कालीन समयमा उनी उपाध्यक्ष रहेको बुटवलको सुप्रिम सहकारीमार्फत ठगी गरेको भन्दै पुनसहितका व्यक्तिविरुद्ध जाहेरी परेको थियो । उक्त सहकारीले बचतकर्ताको ७८ करोडभन्दा बढी रकम अपचलन गरेको आरोप लागेको छ ।
माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका महासचिव रहेका पुनको नाम सुन तस्करी प्रकरणमा समेत जोडिएको छ । साउन २ मा बरामद ६० किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी दावा छिरिङसँग पुनको सम्बन्ध देखिएको भन्दै अनुसन्धानको दायरामा ल्याउनुपर्ने सुन जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १प्रचण्डसँग बिदा माग्दै जनार्दनले भने– अहिले आउँदिनँ, आवश्यक परे पछि मिलौँला
- २जेन–जी आन्दोलनमा मृत्यु भएका ४५ जना शहीद घोषणा
- ३एनआईसी एसिया बैंकको सीईओमा सुजितकुमार शाक्य नियुक्त
- ४सार्वजनिक खर्चमा मितव्ययिता कायम गरी सार्वजनिक कोषको प्रभावकारी उपयोग गर्न प्रधानमन्त्रीको निर्देशन
- ५एमाले निर्वाचनबाट भाग्दैनः शंकर पोखरेल



तपाईको कमेन्ट लेख्नुहोस्