सशस्त्र प्रहरी उपरीक्षक सिंहको दाबी, सीमा नाकाबाट हुने तस्करी रोक्छौं
बारा । सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक संतोष बहादुर सिंहले आफ्नो मातहातका युनिटहरुलाई नाकामा हुने तस्करी रोक्न निर्देशन दिएका छन् । बारा जिल्लाको सबै युनिट कमाण्डरहरुलाई सशस्त्र प्रहरी उपरीक्षक सिंहले तस्करी धन्दालाई ठप्प पार्न सक्रिय बन्न निर्देशन दिएका हुन ।
सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गण प्रमुखको जिम्मेवारी सम्भालेको केही साताभित्रै सिमाबाट हुने तस्करी रोक्न सफल भएको दाबी गरिएको छ । सीमा नाकाबाट अवैध गतिविधि गर्नेहरुका लागि सशस्त्र प्रहरी उपरीक्षक सिंहले एक्सन लिएका हुन । सशस्त्र प्रहरी उपरीक्षक सिंहले शान्ति सुरक्षामा समेत निगरानी बढाउन निर्देशन दिएका छन् ।
सीमा नाकामा खटिएका प्रहरीहरुले कुनैपनि अनैतिक कार्यबाट आर्थिक लाभ लिन खोज्नेहरुलाई सिधै कानुन बमोजिम कारवाही गरिने उनले बताए । सीमा नाकाबाट लागु औषध, हुन्डीको रकम सहित कारोवारी, राजस्व छलिका मालसमानहरु बरामद गरिएको उपरीक्षक सिंहले दावी गरे ।
सीमा नाका वरिपरीका गाउँहरुका स्थानीयवासीहरुले पनि सशस्त्र प्रहरीले सिमा नाकामा विगतभन्दा निगरानी बढेको बताएका छन् । ग्रामिण भेगहरुबाट बढ्दै गएको तस्करी र चोरीका घटनाहरुका कारण आजित भएको स्थानीयको गुनासो थियो । बारा र पर्सा जिल्लाको सीमा मुसहर्वादेखि बारा र रौतहटको सीमा कचोर्वासम्मका स्थानीयहरुले पनि सशस्त्र प्रहरीको ड्युटी बढेपछि राहत महसुस गरेको दाबी गरेका छन् ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्