मुलुकको अवस्थामा परिवर्तन भएन भन्ने कुरा सही नभएको एमाले अध्यक्ष ओलीको जिकिर
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अवस्थामा परिवर्तन भएन भन्ने कुरा सही नभएको बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले अवस्था परिवर्तन नभएको भन्दै व्यवस्थाको विकल्प खोजिरहेका बेला उनले सो कुरामा कुनै सत्यता नरहेको प्रतिक्रिया दिएका हुन ।
मोतीदेवी स्मृति केन्द्रले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष ओलीले अहिले ४० प्रतिशतको हाराहारीमा महिला जनप्रतिनिधिहरु रहेको उल्लेख गर्दै विगतमा त्यस्तो थियो र भन्दै प्रश्न समेत गरे ।
ओलीले ३३ प्रतिशत महिलाहरु संसद र सरकारी निकायमा प्रतिनिधित्व गर्ने विषय संविधानमै सुनिश्चित भएको दृष्टान्त पेश गर्दै अहिले विगतमा भन्दा तुलना नै गर्न नसक्ने गरी जनताको अवस्था राम्रो भएको तर्क गरे ।
ओलीले जनताको अवस्थालाई पूर्णरुपमा राम्रो बनाउने गरी काम गर्नुपर्ने जिम्मेवारी आफूहरुको काँधमा रहेको बताए । अध्यक्ष ओलीले महिलाहरुलाई सशक्तिकरणको बाटोबाट पुरुष सरह अधिकार दिलाउने कुरामा आफ्नो पार्टी लागिपर्ने समेत बताए ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #शर्मा ओली
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्