२२ दिन हिडेर न्याय माग्न मिटरब्याज पीडित काठमाडौंमा
काठमाडौं । देशभरका मिटरब्याजी पीडितहरू काठमाडौं आइपुगेका छन् । उनीहरुले न्याय मार्च नाम दिएर न्याय नपाएको भन्दै पूर्वपश्चिम पैदल यात्रा गरी काठमाडौं प्रवेश गरेका हुन् । उनीहरु भरतपुरमा एकीकृत भई निर्णायक आन्दोलनका लागि काठमाडौंमा आएका हुन् ।
उनीहरुले गएको माघ १६ गते शहीद दिवसको दिन झापा र कञ्चनपुरबाट एउटै समयमा पैदलयात्रा शुरु गरेका थिए । १७ दिन हिँडेर फागुनको ३ गते चितवनको नारायणगढमा भेला भएका थिए ।
मधेसका २० जिल्ला र अरु ८ जिल्लाका पीडित न्याय मार्चमा छन् । फर्जी तमसुक, चेकलाई अवैध घोषणा गरेर क्षतिपूर्ति दिनुपर्ने, समस्या समाधान गर्न न्यायिक आयोग गठन गर्नुपर्ने लगायत उनीहरुका माग छन् । यसअघि गएको वर्ष चैत १२ गते मिटरब्याजी पीडितहरु महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर काठमाडौं आएका थिए ।
पीडितहरुको धर्ना, प्रदर्शन र दबाबपछि सरकारले सम्झौता गर्दै चैत अन्तिममा मिटरब्याजी पीडितको समस्या समाधान गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । लघुवित्तीय संस्थाबिरुद्धको संघर्ष समिति नेपालले माघ १६ गतेबाट पैदल यात्रा शुरु गरेको थियो ।
क्याटेगोरी : अर्थ, जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #पैदल यात्रा, #मिटरब्याज पीडित
ताजा खबर
- १देउवा पक्षले बोलायो केन्द्रीय समितिको बैठक
- २अन्ततः सरकार र दुर्गा प्रसाईंबीच सहमति
- ३एकताबद्ध हुन आह्वान गर्दै गगन थापाले भने–गठबन्धन अन्त्य हुनेछ, गुट र भागबन्डा हुँदैन
- ४सरकारका प्रवक्ता भन्छन्– चुनाव फागुन २१ भन्दा यताउता हुँदैन
- ५विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व नै आधिकारिक कांग्रेसः निर्वाचन आयोग



तपाईको कमेन्ट लेख्नुहोस्