कार्यक्रममै रिसाए मन्त्री रोज राणा, दुई मिनेट मात्रै गरे भाषण
प्यूठान । लुम्बिनी प्रदेशका उद्योग, वाणिज्य, श्रम तथा यातायात मन्त्री सरोज थापा (रोज राणा) एक कार्यक्रमै रिसाएका छन् । प्यूठानमा आयोजित तेह्रौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्दघाटन कार्यक्रममा पुगेका मन्त्री राणाले आयोजकसँग रिसाउदै दुई मिनेट मात्रै भाषण गरेका थिए ।
आयोजकले कार्यक्रमको फितलो व्यवस्थापन गरेको उनीको आरोप छ । कार्यक्रम व्यवस्थित गर्न सकिन्न भने तपाईंहरूलाई कार्यक्रम गर्ने अधिकार छैन, मन्त्री थापाले भने, सरकारीस्तरमा आयोजना हुने कार्यक्रम जसरी गरे पनि हुन्छ भन्ने मान्यताप्रति मेरो गम्भीर आपत्ति छ। यो लापरवाहीको बारेमा प्रदेशमा कुरा उठाउने उनले बताए ।
आफ्नो कर्तव्यप्रति आफू सजग तथा प्रतिबद्ध रहेको उनले सुनाए । विद्यार्थी खेलाडीलाई मन्त्री थापाले सफलताको शुभकामना दिएका थिए । जिल्ला खेलकुद विकास समिति प्यूठानको आयोजनामा प्रतियोगिता आजदेखि गणतान्त्रिक खेल मैदान बिजुवारमा सुरु भएको हो ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #कार्यक्रमै रिसाए रोज राणा, #राष्ट्रपति रनिङ शिल्ड, #सरोज थापा
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्