कार्यक्रममै रिसाए मन्त्री रोज राणा, दुई मिनेट मात्रै गरे भाषण

प्यूठान । लुम्बिनी प्रदेशका उद्योग, वाणिज्य, श्रम तथा यातायात मन्त्री सरोज थापा (रोज राणा) एक कार्यक्रमै रिसाएका छन् । प्यूठानमा आयोजित तेह्रौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्दघाटन कार्यक्रममा पुगेका मन्त्री राणाले आयोजकसँग रिसाउदै दुई मिनेट मात्रै भाषण गरेका थिए ।
आयोजकले कार्यक्रमको फितलो व्यवस्थापन गरेको उनीको आरोप छ । कार्यक्रम व्यवस्थित गर्न सकिन्न भने तपाईंहरूलाई कार्यक्रम गर्ने अधिकार छैन, मन्त्री थापाले भने, सरकारीस्तरमा आयोजना हुने कार्यक्रम जसरी गरे पनि हुन्छ भन्ने मान्यताप्रति मेरो गम्भीर आपत्ति छ। यो लापरवाहीको बारेमा प्रदेशमा कुरा उठाउने उनले बताए ।
आफ्नो कर्तव्यप्रति आफू सजग तथा प्रतिबद्ध रहेको उनले सुनाए । विद्यार्थी खेलाडीलाई मन्त्री थापाले सफलताको शुभकामना दिएका थिए । जिल्ला खेलकुद विकास समिति प्यूठानको आयोजनामा प्रतियोगिता आजदेखि गणतान्त्रिक खेल मैदान बिजुवारमा सुरु भएको हो ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #कार्यक्रमै रिसाए रोज राणा, #राष्ट्रपति रनिङ शिल्ड, #सरोज थापा
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्