प्रधानमन्त्री प्रचण्ड–ओली भेटवार्ता, टीआरसीबारे जुटेन सहमति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय सिंहदरबारमा दुई नेताबिच भेटवार्ता भएको हो ।
शान्ति प्रक्रियासँग सम्बन्धित रहेको टीआरसी विधेयकका बारेमा उनीहरुबीच कुराकानी भएको छ । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीसँगको भेटपछि एमाले अध्यक्ष ओलीले टीआरसीलाई मिलाएर चाँडै टुङ्गोमा पुर्याउनेबारे छलफल भएको जानकारी दिए ।
टिआरसी बिद्येयकमा एमालेले लिएको अडान कायमै छ । सरकारले संसद्को हिउँदे अधिवेशनमार्फत कानुन बनाएर शान्ति प्रक्रियालाई पूर्णता दिने तयारी गरेको छ । तर, एमालेले भने पीडित मैत्री कानुन बनाउनुपर्ने भन्दै विधेयकका केही बुँदामा असहमति राख्दै आएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #केपी शर्मा ओली, #दाहाल प्रचण्ड, #दुई नेताबिच भेटवार्ता
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्