जनवरी महिनामा मात्रै भित्रिए ७९ हजार पर्यटक
काठमाडौं । सन् २०२४ को पहिलो महिना जनवरीमा ७९ हजार १ सय विदेशी पर्यटक नेपाल आएका छन् । यो गत वर्ष यसै महिनाको तुलनामा २४ हजार २६ ले बढी भएको नेपाल पर्यटन बोर्डले जनाएको छ । २०२३ जनवरीमा ५५ हजार ७४ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।
सरकारले यसपालि गत वर्षको तुलनामा दोब्बरले पर्यटक बढाउने घोषणा गरिसकेको छ । जनवरीमा भारतीय पर्यटक आगमन पहिलो स्थानमा छ । भारतबाट २४ हजार १ सय ३९ नेपाल भ्रमणमा आएका हुन् । चीनबाट ७ हजार २ सय ६७ आएका छन् । अमेरिकाबाट ७ हजार ४७ नेपाल भ्रमणमा आएको बोर्डले जनाएको छ ।
चौथो नम्बरमा थाइल्यान्ड छ । त्यहाँबाट ४ हजार ६ सय १९ आएका छन् । त्यस्तै दक्षिण कोरियाबाट ३ हजार ८ सय १२, बंगलादेश ३ हजार ६ सय २९ र अस्ट्रेलियाबाट ३ हजार ४ सय २१, बेलायत ३ हजार २ सय ७६, भुटान २ हजार २ सय २९ र जापानबाट १ हजार ५ सय ६८ पर्यटक आएका छन् । यो महिनामा कुल ८१ हजार ८ सय ९७ जना नेपालबाट विदेशिएका छन् ।
क्याटेगोरी : पर्यटन, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #दोब्बरले पर्यटक, #नेपाल पर्यटन बोर्ड, #विदेशी पर्यटक
ताजा खबर
- १नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दा न्यायाधीशद्वय सुवेदी र निरौलाको इजलासमा
- २इरानी सेनाको कब्जामा रहेका नेपाली युवा अमृत झा रिहा
- ३सरकारको साझा प्रतिवद्धता कागजमा मात्र सिमित नहोस्
- ४२०६२–६३ देखिका उच्च राजनीतिक पदधारीको सम्पती छानबिन गरिने, सरकारद्वारा समिति गठन
- ५पूर्णबहादुर खड्कालाई स्पष्टिकरण सोध्ने काँग्रेसको निर्णय



तपाईको कमेन्ट लेख्नुहोस्