जनवरी महिनामा मात्रै भित्रिए ७९ हजार पर्यटक
काठमाडौं । सन् २०२४ को पहिलो महिना जनवरीमा ७९ हजार १ सय विदेशी पर्यटक नेपाल आएका छन् । यो गत वर्ष यसै महिनाको तुलनामा २४ हजार २६ ले बढी भएको नेपाल पर्यटन बोर्डले जनाएको छ । २०२३ जनवरीमा ५५ हजार ७४ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।
सरकारले यसपालि गत वर्षको तुलनामा दोब्बरले पर्यटक बढाउने घोषणा गरिसकेको छ । जनवरीमा भारतीय पर्यटक आगमन पहिलो स्थानमा छ । भारतबाट २४ हजार १ सय ३९ नेपाल भ्रमणमा आएका हुन् । चीनबाट ७ हजार २ सय ६७ आएका छन् । अमेरिकाबाट ७ हजार ४७ नेपाल भ्रमणमा आएको बोर्डले जनाएको छ ।
चौथो नम्बरमा थाइल्यान्ड छ । त्यहाँबाट ४ हजार ६ सय १९ आएका छन् । त्यस्तै दक्षिण कोरियाबाट ३ हजार ८ सय १२, बंगलादेश ३ हजार ६ सय २९ र अस्ट्रेलियाबाट ३ हजार ४ सय २१, बेलायत ३ हजार २ सय ७६, भुटान २ हजार २ सय २९ र जापानबाट १ हजार ५ सय ६८ पर्यटक आएका छन् । यो महिनामा कुल ८१ हजार ८ सय ९७ जना नेपालबाट विदेशिएका छन् ।
क्याटेगोरी : पर्यटन, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #दोब्बरले पर्यटक, #नेपाल पर्यटन बोर्ड, #विदेशी पर्यटक
ताजा खबर
- १देउवा पक्षले बोलायो केन्द्रीय समितिको बैठक
- २अन्ततः सरकार र दुर्गा प्रसाईंबीच सहमति
- ३एकताबद्ध हुन आह्वान गर्दै गगन थापाले भने–गठबन्धन अन्त्य हुनेछ, गुट र भागबन्डा हुँदैन
- ४सरकारका प्रवक्ता भन्छन्– चुनाव फागुन २१ भन्दा यताउता हुँदैन
- ५विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व नै आधिकारिक कांग्रेसः निर्वाचन आयोग



तपाईको कमेन्ट लेख्नुहोस्