सुनकाण्डका आरोपी दावा छिरिङको होटलमा प्रहरी छापा, ११ जुवाडे पक्राउ
काठमाडौं । ६१ किलो सुनकाण्डमा मुछिएका दावा छिरिङ र उनकी पत्नी अमला रोकाको होटलमा प्रहरीले छापा मारेको छ । जिल्ला प्रहरी परिसर, टेकुको टोलीले विशेष सूचनाका आधारमा उनीहरुले सञ्चालन गरेको होटल भियनामा छापा मारेर ११ जना जुवाडेलाई पक्राउ गरेको हो ।
प्रहरीले होटलको कोठा नम्बर ६१२ मा जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त, लैनचौरबाट समेत खटिएको टोलीले जोरपाटीका अरुण घिमिरे, काभ्रेका हरिबोल खनाल, किशोर अधिकारी, चितवनका दिपक गुरुङ, नुवाकोटका कृष्णबहादुर राई, राजु पन्त शंकर शाही, रुपन्देहीका घनश्याम शर्मा, रोल्पाका लीला डाँगी, बाँकेका मेद्दनाथ बुचबन्दिया र गोरखाका अर्जुन गुरुङलाई पक्राउ गरेको छ ।
उनीहरुको साथबाट १३ लाख ६२ हजार ५ सय रुपैयाँ र ४ बुक तास बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि जुवा ऐन अनुसार कारबाही प्रक्रिया अघि बढ्नेछ । होटल सञ्चालक दावा अहिले पुर्पक्षका लागि थुनामा छन् भने उनकी पत्नी अमला फरार छिन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #दावा छिरिङ, #होटल भियनामा छापा
ताजा खबर
- १रास्वपाको पहिलो केन्द्रिय समिति बैठकः अनुशासन आयोगको प्रमुखमा पूर्वन्यायाधीश पौडेल मनोनित
- २प्रविधिजन्य लैङ्गिक हिंसा नियन्त्रणका लागि राष्ट्रिय सभामा संकल्प प्रश्तावमाथि छलफलः नयाँ कानून र संरचना बनाउन सांसदहरूको माग
- ३मुस्ताङमा युरेनियम उत्खननका लागि वैदेशिक सम्झौता भएको चर्चा निराधारः परराष्ट्रमन्त्री
- ४सबै उजुरीकर्तालाई संसदीय सुनुवाई समितिमा बोलाउन आवश्यक छैनः कविन्द्र बुर्लाकोटी
- ५संसदीय सुनुवाई प्रणालीलाई पुनरावलोकन गर्नुपर्छः वर्षमान पुन



तपाईको कमेन्ट लेख्नुहोस्