सर्वोच्च अदालतमा एकै दिन ६२४ मुद्दाको पेशी, २१३ फैसला

काठमाडौँ । सर्वोच्चमा शुक्रबार एकै दिन ६२४ थान मुद्दाको पेशी तोकर २१३ वटा फैसला भएको छ। शुक्रबारको आँकडा सर्वोच्चमा एकै दिन धेरै मुद्दा छिनिएकोमध्ये हो। मुद्दाको अत्याधिक चाप रहेको सर्वोच्चमा लगत घटाउने उद्देश्यले एकै दिन धेरै मुद्दाको पेशी तोकेर सुनुवाइ गरिएको हो। सहप्रवक्ता गोविन्द प्रसाद घिमिरेले कार्यालय समयभन्दा अतिरिक्त समयमा पनि काम भइरहेको जानकारी दिए ।
शुक्रबार पेशीको संख्या धेरै हुनुको कारण सामान्य खालका निवेदनहरुलाई पनि सुनुवाइका लागि एकैपटक तोकिएको हो। सर्वोच्चमा हाल ३० हजारभन्दा धेरै मुद्दा विचाराधीन अवस्थामा छन्। शुक्रबार २१३ थना मुद्दा फैसला हुँदा, निर्णय सुनाउनका लागि २ वटा, आदेश ७१ वटामा, स्थगित १०१ वटा भएका छन्। हेर्न नभ्याइनेमा २०६, हेर्न नमिल्ने ३१ वटा मुद्दा, रिट निवेदन परेका छन्। सर्वोच्चका लागि गत पुस ५ गतेदेखि ६ जना न्यायाधीश थपिएसँगै २० जना न्यायाधीशले मुद्दा सुनुवाइ गरिरहेका छन्।
अतिरिक्त समयमा गत वर्षदेखि नै काम गरिए पनि गत साउनदेखि मंसिरसम्म रोकिएको थियो। मंसिरदेखि भने अतिरिक्त समयमा पनि मुद्दा सुनुवाइका लागि सर्वोच्चले काम गरिरहेको घिमिरेले जानकारी दिए। अतिरिक्त समय काम गरेको पारिश्रमिक पाउनुपर्ने माग सर्वोच्चका कर्मचारीले गरिरहेका छन्। न्यायपालिकासहित अरु कामको चाप भएका कार्यालयमा सरकारले २०७५ सालसम्म अतिरिक्त समय काम गरेको भत्ता दिँदै आएको थियो।
प्रोत्साहन भत्ताका रुपमा दिँदै आएको रकम काटिएपछि न्यायपालिकामा अतिरिक्त समय काम रोकिएको थियो। तर, सर्वोच्चमा मुद्दाको चाप अत्याधिक बढेसँगै भत्ताविनै आफूले काम गरिएको हो । चालु आर्थिक वर्षको बजेटमा भाषणले अर्थतन्त्रमा अत्याधिक चाप परेको भन्दै नीतिगत रुपमै प्रोत्सान भत्ता नदिने घोषणा गरेको छ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #२१३ वटा फैसला, #एकै दिन ६२४ थान मुद्दाको पेशी
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्