रुसी उपविदेशमन्त्रीसँग परराष्ट्रमन्त्री साउदको आग्रहः रुसी सेनाका नेपाली फिर्ता गरिदिनुस्
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले रुससँग नेपाली नागरिकहरुलाई रुसी सेनामा भर्ना नलिन र भर्ना भएका नेपाली नागरिकलाई स्वदेश फिर्ता गरिदिन आग्रह गरेका छन ।
युगाण्डाको राजधानी कम्पालामा जारी नाम शिखर सम्मेलनका क्रममा रुसी उपविदेशमन्त्री सर्गेई वर्सिनिनसँगको भेटघाटका क्रममा उनले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नलिन र भर्ना भएकाहरुलाई फिर्ता गरिदिन आग्रह गरेका हुन ।
रुसी पक्षलाई केही मुलुकसँग परम्परागत व्यवस्थाबाहेक विदेशी सेनामा नागरिक पठाउने नेपालको नीति नरहेको भन्दै उनले मन्त्रीलाई उधृत गर्दै रुसलाई नेपाली नागरिक भर्ना नगर्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।
परराष्ट्रमन्त्री साउदले युक्रेनसँगको युद्धका क्रममा मृत्यु भएका नेपालीको शव स्वदेश फिर्ता गरिदिन र उनीहरुको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराइदिन पनि आग्रह गरेका हुन् ।
जवाफमा रुसी उपविदेशमन्त्रीले परराष्ट्रमन्त्री साउदले उठाएका विषयहरू सम्बोधनका लागि पहल गरिने बताएको सचिवालयले जानकारी दिएको छ । रुसी प्रतिनिधिमण्डलका प्रमुख समेत रहेका उपविदेशमन्त्रीसँगको भेटमा दुई पक्षबीच नेपाल–रुस सम्बन्धका विविध विषयमा छलफल भएको पनि सचिवालय ले उल्लेख गरेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #परराष्ट्रमन्त्री एनपी साउद, #रुसी सेना
ताजा खबर
- १सन्तान र जीवनसाथी गुमाएको पीडा सुनाउँदै प्रचण्डले भने, ‘मलाई खलनायक बन्ने छुट छैन’
- २पशुपति माविमा मुसिकोट नगरपालिका स्तरीय चौथो ‘मेयर कप’
- ३कांग्रेस मुसिकोटको बैठकः घरदैलो र मतदाता भेटघाटलाई तीव्रता दिइने
- ४अजयबाबुको अभियानले गर्माउँदै दोलखाको चुनावी माहोल
- ५रहेनन् बालेनको प्रचारमा हिँडेका पत्रकार दिनेश सिटौला, के हो घटना ?



तपाईको कमेन्ट लेख्नुहोस्