लुम्बीनीमा माओवादीबाट मन्त्री सिफारिस भएकी कृष्णा केसी ८ महिनापछि मन्त्री बन्दै
काठमाडौं । लुम्बिनी प्रदेशमा प्रमुख सत्ता साझेदार नेकपा माओवादी केन्द्रबाट ८ महिना पहिले मन्त्रीको सिफारिस भएकी बाँकेकी कृष्णा केसी नमुना मन्त्री बन्ने पक्का भएको छ । उनीसँगै मन्त्रीको लागि सिफारिस भएका रोल्पाका दिपेन्द्र पुन सिजल नेपाली कांग्रेस लुम्बिनीका प्रदेश सभापति अमरसिंह पुनको निरन्तर अडानका कारणले रोकिएका छन् ।
बैशाख १४ मा माओवादीसहित ८ दलको समर्थनमा मुख्यमन्त्री बनेका कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई माओवादी केन्द्रले पूर्वसहमति अनुसार ८ महिनाअघि धनबहादुर मास्की, कृष्णा केसी नमुना र दिपेन्द्र पुन सिजललाई मन्त्री बनाउन औपचारिक पत्र थमाएको थियो । तर, गएको निर्वाचनमा गठबन्धनमा विद्रोह गरेर मुख्यमन्त्रीको प्रमुख दावेदार रहेका कांग्रेस प्रदेश सभापति पुनलाई स्वतन्त्र उठेर हराएर पछि मन्त्री बन्ने शर्तमा माओवादीमै प्रवेश गरेर पुनलाई कुनैपनि हालतमा मन्त्री बन्न नदिन पुनले निरन्तर दवाव दिएका थिए ।
पुनले कांग्रेस माओवादीले मन्त्रालय बढाएर भागवण्डा पुराउने सहमतिलाई समेत रोकेर पुनलाई अगाडि बढ्न दिएनन् । पछिल्लो पटक माओवादी र कांग्रेसबाट एक एक जना मन्त्री थपेर जाने विषयमा सहमति भएपछि कृष्णा केसीको निश्चित भएको हो तर यही विषयमा कांग्रेसमा ठूलो खैलाबैला भएको छ । केसीलाई खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । शुक्रबार नै मन्त्री थप्ने तयारी गरेका मुख्यमन्त्री चौधरीले पार्टीभित्रको दवावका कारण रोकिएका छन् ।
आइतबार शपथका लागि तयारी रहन भनिएको भएपनि को मन्त्री हुने भन्ने विषयमा अझै प्रष्ट सूचना दिइएको छैन । मुख्यमन्त्री चौधरीले पार्टी सभापति शेरबहादुर देउवाको प्रस्तावमा प्युठानका रोज राणालाई मन्त्री बनाउने तयारी गरेपछि पार्टीभित्रको अर्को समूह विरोधमा उत्रेपछि शुक्रबारको निर्णय रोकिएको हो । देउवाले आफूले राणालाई बचन दिइसकेकाले अहिले उनलाई नै मन्त्री बनाउन मुख्यमन्त्री चौधरीलाई भनेका थिए । तर अहिलेसम्म लुम्बिनीमा इतर समूहले भागवण्डा ननपाएकोले अहिले नपाए विद्रोह गर्ने धम्की दिएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्