काठमाडौं तराई मधेस दु्रत मार्गको निर्माण ६ बर्षमा २७ प्रतिशत मात्रै काम !
राष्ट्रिय गौरवको आयोजनामा नेपाली सेनाको हेलचेक्र्याई !
काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको काठमाडौं तराई मधेस दु्रत मार्गको निर्माण कार्य हालसम्म २७.१९ प्रतिशत मात्र सम्पन्न भएको छ । निर्माणको जिम्मा पाएको नेपाली सेनाले करिव ६ वर्षको अवधीमा २७.१९ प्रतिशत मात्र भौतिक कार्य सकेको हो । २०८० साल वैशाख ५ गते निर्माण सम्पन्न गर्नुपर्ने तर समयावधी थप भई २०८३ चैत्र मसान्तसम्म थप गरिएको समयावधिमै सम्पन्न हुनेमा आशंका उत्पन्न भएको छ । काठमाडौं तराई÷मधेश द्रुतमार्ग फस्ट ट्रयाक निर्माणको कार्य हालसम्म २७.१९ प्रतिशत सम्पन्न भएको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को निणर्य अनुसार २०७४ वैशाख गते निर्माण कार्यको व्यवस्थापकिय जिम्मेवारी नेपाली सेनालाई दिइएको थियो । कुल ७०.९७७ किलोमिटर लम्बाई रहेको आयोजनाको जिम्मा पाएको नेपाली सेनाले ६ वर्षको अवधीमा २७.१७ प्रतिशत भौतिक सम्पन्न गरेको छ । ललितपुरको खोकनाबाट सुरु हुने दु्रतमार्गको अन्तिम बिन्दू बाराको निजगढ रहने भएतापनि खोकनाको सास्कृतिक जग्गा पर्ने करीब ६ किलो्मिटर जग्गाको ठेक्का प्रक्रिया नै हुन सकेको छ्रैन । कुल २ खर्ब ११ अर्ब ९३ करोड लागत रहेको यस आयोजना समयमै सक्नेमा भने धेरैको आशंका छ ।
यो ट्रयाक समयमै सम्पन्न भए करीब ७० किलोमिटरको काठमाडौं देखि बारा निजगढको यात्रा करीब १ घण्टा २ मिनेटमा पार गर्न सकिनेछ । तर निर्माणको गति हेर्दा समयमै निर्माण सक्ने छाँटकाँट देखिदैन, जसले गर्दा आयोजना अन्तर्गत १०.०५५ किलोमिटर लम्बाइका ६ वटा सुरुङमार्गमध्ये हाल ३ वटा सुरुङमार्ग निर्माणाधिन रहेका छन् । जसमा तीन वटा सुरुङमार्गहरुको जम्मा लम्बाई ६.४१ किलोमिटर मध्ये ३.१५ किलोमिटर अर्थात ४९.१६ प्रतिशत सुरुङ निर्माण कार्य सम्पन्न भएको छ नेपाली सेनाले जनाएको छ । जसमध्ये महादेवटार सुरुङमार्गको जम्मा लम्बाई ३.३५ किलोमिटर मध्ये हालसम्म १.४९ किलोमिटर सुरुङमार्ग निर्माण कार्य सम्पन्न भएको छ ।
त्यसैगरी धेद्रे सुरुङमार्गको जम्मा लम्बाई १.६३ किलोमिटर मध्ये ८ सय ६ मिटर सुरुङ निर्माण कार्य सम्पन्न भएको छ भन्ने लेनडाँडा सुरुङमार्गको जम्मा लम्बाई १.४३ किलोमिटर मध्ये हालसम्म ८ सय ५७ मिटर सुरुङ निर्माण कार्य सम्पन्न भएको छ । आयोजनामा कुल १२.८८ किलोमिटरको ८९ वटा पुल निर्माणमध्ये हालसम्म ठेक्का व्यवस्थापन भई कार्यन्वयनमा रहेका प्याकेज नं. १ देखि ५ सम्मका ४५ वटा पुलहरुको डिजाइन सम्पन्न भइसकेको र १ हजार ७ सय ६८ वटा पाइलहरु मध्ये १ हजार १ सय ७५ वटा पाइल निर्माण कार्य सम्पन्न भएको नेपाली सेनाले जनाएको छ ।
यता कात्र्तिक १७ गते उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौं–तराई द्रुतमार्ग निर्माण योजना थप गरिएको समयभित्र सम्पन्न गर्न नेपाली सेनालाई निर्देशन दिएका थिए । आगामी २०८३ साल चैत मसान्तभित्र सम्पन्न गरिसक्न मन्त्रिपरिषद् बैठकले निर्णय गरेकाले सोही समयमा नेपाली सेनाले सो आयोजनाको काम पूरा गर्नुपर्ने उनको भनाइ थियो । चालु आर्थिक वर्षको प्रथम त्रैमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले सो योजना सम्पन्न गर्ने काम थपिएको समयभन्दा पछि टार्ने अनुमति कसैलाई पनि नरहेको बताएका थिए ।
जग्गा अधिग्रहण र ठेक्का प्रक्रिया लगायतका काम प्राविधिक ढिलाइबिना समाधान भएमा आयोजना निर्धारित समयभित्रै सकिने सम्भावना सेनाको दाबी छ । आयोजना निर्माणको लागि अधिग्रहण गर्नुपर्ने जम्मा १५ हजार ४ सय १६ रोपनी जग्गा मध्ये सरकारी जग्गा १० हजार २ सय ४४ र व्यक्तिगत जग्गा ५ हजार १ सय ७२ रोपनी रहेको छ । मुआब्जा बुझ्न बाँकी व्यक्तिगत जग्गा ४ सय ६ रोपनी रहेको खोकना बुङमती खण्डको ३९०, मकवानपुरको १२ र काठमाडौंको ४ रोपनी रहेको छ । द्रुतमार्गमा सेना आफैँले नगरी अन्तर्राष्ट्रिय परामर्शदाता र निर्माण कम्पनीहरूबाट काम गराइरहेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #काठमाडौं तराई मधेस, #राष्ट्रिय गौरव
ताजा खबर
- १प्रचण्डसँग बिदा माग्दै जनार्दनले भने– अहिले आउँदिनँ, आवश्यक परे पछि मिलौँला
- २जेन–जी आन्दोलनमा मृत्यु भएका ४५ जना शहीद घोषणा
- ३एनआईसी एसिया बैंकको सीईओमा सुजितकुमार शाक्य नियुक्त
- ४सार्वजनिक खर्चमा मितव्ययिता कायम गरी सार्वजनिक कोषको प्रभावकारी उपयोग गर्न प्रधानमन्त्रीको निर्देशन
- ५एमाले निर्वाचनबाट भाग्दैनः शंकर पोखरेल



तपाईको कमेन्ट लेख्नुहोस्