Techie IT
  • २८ वैशाख २०८२, आईतबार
KhojPatrika

त्रिभुवन विमानस्थलभित्र सञ्चालित पसलहरुको लुट धन्दा, २० रुपैयाँ पर्ने पानीको मूल्य एक सय !

मन्त्री सुदन किराँतीको अनुगमनपछि पनि भएन कारवाही


काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलभित्र सञ्चालन भइरहेका पसलहरुले लुट धन्दा मच्चाइरहेको खुलेको छ । २०६४ सालदेखि नै सम्झौता नविकरण नगरी बस्तुहरुको मूल्यमा लुट मच्चाइएको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको अनुगमनका क्रममा भेटिएको हो । चाडपर्वमा मात्रै होइन आन्तरिक तर्फको विमानस्थलभित्र सञ्चालित पसलहरुले यात्रुसँग मनलाग्दी शुल्क लिने गरेका छन् ।

दशैं तिहार मनाउन घर जाने यात्रुले महंगो टिकट र विमानस्थलभित्र सञ्चालित पसलहरुले मनोमानी मूल्य लिएको गुनासो मन्त्री किराँतीको सचिवालयमा गरेका थिए । त्यसपछि मन्त्री किराँती विमानस्थल अनुगमनका लागि त्यहाँ पुगेका थिए । जव मन्त्री विमानस्थल पुगे तव थाहा भयो २० रुपैयाँ पर्ने पानीको मूल्य नै एक सय रुपैयाँ रहेछ ।

पानी मात्रै होइन पसलहरुमा राखिएको बस्तुमा दोब्बरदेखि चौब्बरसम्म मूल्य लिएको भेटिएको छ । त्यसैले त मन्त्री किराँतीले विमानस्थलका महाप्रवन्धक प्रतावबाबू तिवारीलाई सोधे पसलहरुसँग सम्झौता गरिएको छ । तर, महाप्रवन्धक तिवारी भन्दै थिए विभिन्न कारणले २०६४ सालदेखि गर्न सकिएको छैन् अव गछौं ।

मन्त्री किराँतीले पानीको बर्गिकरण गर्दै महाप्रवन्धक तिवारीलाई तपाईजस्तो धनीले खाने पानी यो होला । विमानस्थलमा यात्रुहरुले समयमै हवाई जहाज नउड्दा घण्टौसम्म प्रतिक्षा गर्नुपर्ने बाध्यता सधैं रहन्छ । टिकट लिएर अर्थात् बोर्डिङ पास लिएर बसेका यात्रुहरुले विमानस्थलभित्र केही किन्नु पर्दा ठगिइरहेका छन् । तर, विमानस्थल प्रशासन थाहा पाएर पनि नपाएझै गरिरहेको छ ।

मौन बस्दा र समयमै सम्झौता नविरकण नै नगर्दा मिलेमतोको आशंका गर्ने थुप्रै ठाउँहरु छन् । विमानस्थलको आन्तरिक विमानस्थल तर्फको टर्मिनल भवनहरुमा राखिएका पसलहरु र बोर्डिङ पास कक्षको अनुगमन गर्दा अनियमितता पाइएको छ । त्यो मात्रै होइन हवाई टिकटमा पनि मनलाग्दी छ ।

न्युनतम भाडादर भन्दा अधिकतम नै टिकट बुकिङमा खुला गरेर विमान कम्पनीहरुले लुट मच्चाउदा समेत मन्त्री किराँती भने टिकट नै सक्किएपछि कम गर्ने सहमति भयो भन्दै जवाफ दिन्छन् । लो रेटका टिकटहरु कम र हाइ रेटका टिकटहरु बढी बेचेको पाएकाले अबबाट लो रेटमा टिकट बढी बेच्न निर्देशन दिएको उनको दाबी छ ।

विमानस्थलमा भएको बद्मासीलाई कस्तो कारवाही हुन्छ अहिलेसम्म केही बोलिएको छैन् । महाप्रवन्धक तिवारीले पनि कारवाहीबारे आफू बच्ने गरी जवाफ दिएका छन् । खुलेआम विमानस्थलको टर्मिनलमा खोलिएका पसलहरुले के यात्रुहरुलाई यसरी नै ठग्न र लुट्न मिल्छ ? अनि कारवाही विना नै छोड्न मिल्छ ? यहि प्रश्न आम यात्रुहरुको छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, #लुट धन्दा, #लुट धन्दा मच्चाइरहे

तपाईको कमेन्ट लेख्नुहोस्