चितवनमा सहकारीको ऋण असुली कार्यविधि तर्जुमा कार्यशाला सञ्चालन

ललितपुर । कोअपरेटिभ म्यानेजर्स क्लब चितवनको आयोजना तथा राष्ट्रिय सहकारी बैंक लिमिटेड भरतपुर र टाँडी शाखाको प्राविधिक सहयोगमा चितवन जिल्ला स्थित बचत तथा ऋणको मुख्य कारोबार गर्ने ५० सहकारी संस्थाको सहभागीतामा दुई दिवसीय ऋण असुली कार्यविधि तर्जुमा कार्यशाला मंगलबारबाट सुरु भएको छ । ऋण असुली कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले कार्यशाला सञ्चालन गरेको को–अपरेटिभ म्यानेजर्स क्लब चितवनले जनाएको छ ।
क्लबका अध्यक्ष अध्यक्ष मेघनाथ लामिछानेको अध्यक्षतामा भएको कार्यशालाको प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक तारा गुरुङ रहेका थिए । कार्यशालाको उद्घाटन पछि बोल्दै सञ्चालक गुरुङले पछिल्लो समय सहकारीका सदस्यहरुले संस्थाबाट लिएको ऋण नतिर्ने प्रवृत्ति बढ्दै गएको अवस्थामा यो कार्यशालाले ऋण नतिर्ने सदस्यहरूलाई कानुनी दायरामा ल्याउने र ऋण असुली प्रभावकारी हुने कुरामा जोड दिए ।
कार्यशालाका विशिष्ट अतिथि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडका सञ्चालक तथा चितवन जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष विधा कोइरालाले ऋण असुली कार्यविधिको एकरूपताले सहकारी संस्थामा देखिएको ऋण असुली सम्बन्धी जटिलता हट्ने र सहकारीको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने हुँदा कार्यविधिको पूर्ण कार्यान्वयनमा जोड दिन व्यवस्थापन प्रमुखहरूलाई आग्रह गरे ।
कार्यक्रमका अतिथि जिल्ला बहुउद्देश्यीय सहकारी संघ लिमिटेड चितवनका अध्यक्ष दिनेशकुमार चुकेले सहकारीमा कर्जा सूचना केन्द्रको व्यवस्था नहुँदा लगानी जोखिम बढेको र जोखिम सँगै ऋण असुलीमा समस्या आएको हुँदा सहकारीमा कर्जा सूचना केन्द्र स्थापनाको लागि चितवनबाट अभियान सुरु गर्न सबैलाई आग्रह गरे ।
बुधबारसम्म सञ्चालन हुने कार्यशालामा राष्ट्रिय सहकारी बैंकका तालिम अधिकृत बल्लभ तिमिल्सिनाले ऋण असुली कार्यविधि तयारीको विषयमा सहजिकरण गर्नेछन् । क्लबका उपाध्यक्ष गोविन्द सुबेदीको स्वागत मन्तव्यमा भएको कार्यशालाको सञ्चालन क्लबका सचिव दीपक गौतमले गरे । क्लबमा आबद्ध सहकारीका व्यवस्थापन प्रमुखको व्यवसायीक क्षमता विकास र संस्थाको दीर्घकालीन स्थायित्वको लागि आगामी दिनमा क्लबले समसामयिक विषयवस्तुमा सहकारी बैंकसँगको सहकार्यमा पृथक् र आवश्यक कार्यहरू गर्दै जाने क्लबका सचिव गौतमले जानकारी दिए ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, सामाजिक सञ्जाल
ताजा खबर
- १कर्णालीका मुख्यमन्त्री राजकुमारले भने ऐन, कानुन माफियाले बनाउछन् कि जस्तो लाग्छ !
- २दोलखाबाट चार किलो सुन बरामद, तीन जना पक्राउ
- ३वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा गर्दै इन्द्रजात्रा मनाइदैं
- ४भारतको मणिपुर फेरि अशान्त, कर्फ्यु लागू
- ५सुरक्षाको कारण देखाउदै पूर्वप्रधानमन्त्री इमरान खानलाई अदियाला जेलमा सार्न आदेश
तपाईको कमेन्ट लेख्नुहोस्