सहकारी बैंकको वार्षिक समिक्षा सपन्न स् सदस्यमैत्री सेवालाई थप प्रभावकारी बनाउने प्रतिवद्धता

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडको वार्षिक समिक्षा गोष्ठी बुधबार सकिएको छ । आर्थिक वर्ष २०७९–०८० को समग्र समिक्षा गरी चालु आर्थिक वर्षको योजना तथा कार्यक्रमलाई थप प्रभावकारी र उत्कृष्ट बनाउने प्रतिवद्धताका साथ गोष्ठी सम्पन्न भएको बैंकले जनाएको छ । भर्चुअल माध्यमबाट सम्पन्न कार्यक्रममा बैंकको वर्तमान वित्तीय अवस्था र आगामी लक्ष्य, बैकले सञ्चालन गरेका सेवाहरु र आगामी दिनमा सञ्चालन गर्ने कार्यक्रम तथा सेवाहरु, बैकको सञ्चालन प्रक्रिया लगायतका विषयमा छलफल गरी आगामी दिनमा थप प्रभावकारी रुपमा अगाडि बढ्ने गोष्ठीका सहभागीहरुले प्रतिवद्धता जनाए ।
कार्यक्रम समापनमा बैंकका अध्यक्ष के.बी. उप्रेतीले सबै जिल्लामा बैंकको सञ्जाल निर्माण गरेर थप प्रभावकारी सेवा सञ्चालन गर्न, बैकको सेवालाई अझ मर्यादित र व्यवसायिक बनाउनमा बैंकको सम्पूर्ण जनशक्ति परिचालनमा जोड दिए । सदस्यहरुलाइ प्रदान गरिने वित्तीय तथा अन्य सेवालाई प्रभावकारी बनाउने र समग्र सहकारी अभियानको प्रभावकारितामा सहयोग पुग्ने गरी काम गर्न अध्यक्ष उप्रेतीले शाखा प्रमुखहरुलाई आव्हान गरे । बैंकले तत्कालको लागि हुने लाभहानी भन्दा पनि दिगो र मर्यादित र उत्कृष्ट सेवा उपलब्ध गराउने तर्फ लाग्नु पर्ने बताए ।
बैंकको लक्ष्य प्राप्तिका लागि सदस्य संघ संस्थाहरुको आवश्यकताका आधारमा सेवा प्रवाह गर्ने, सहकारी संघ संस्थाहरुको संस्थागत विकासका लागि वित्तीय लगायतका सेवाहरुलाई थप प्रभावकारी बनाउने उल्लेख गरे । बैंकका निवर्तमान अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश प्रसाद पोखरेलले सहकारी बैंकका तर्फबाट सञ्चालित कार्यक्रमहरु सहकारी क्षेत्रको दिगोपनका लागि समेत प्रभावकारी रहेकाले उच्च मनोबलका साथ कार्यक्षेत्रमा लाग्न कर्मचारीहरुलाई आव्हान गरे ।
बैकको लेखा सुपरीवेक्षण समितिका संयोजक लक्ष्मी प्रसाद उप्रेतीले देशभरका शाखा प्रमुखहरुको प्रस्तुती, योजना, लक्ष्य र काम गर्ने उत्साह सकारात्मक रहेको चर्चा गर्दै बैंकलाई सुरक्षित र सक्षम बनाउन जनशक्ति प्रभावकारी रहेको बताए । सहकारी बैंकले गर्ने काम आफ्नो व्यवसाय वृद्धिका लागि भए पनि यसको प्रभाव सिंगो सहकारी अभियानको सफलता र असफलतासँग जोडिने भएकाले सरोकारवाला निकायसँग समन्वय गरेर सहकारीको साख बढाउन ध्यान दिनु पर्नेमा जोड दिए ।
बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जि.सी.ले पछिल्लो समय देशव्यापी रुपमा देखिएको सहकारीका समस्यालाई समाधानका लागि बैंकको तर्फबाट सक्दो प्रयत्न गरेको जानकारी गराउदै सहकारीमा आउन सक्ने समस्याका बारेमा बैंकका शाखा प्रमुखहरुले स्थानीय स्तरमा रहेका सरोकारवालाहरुसँग समन्वय गरेर समाधानमा योगदान गर्न आग्रह गरे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईले सहकारी क्षेत्रमा बैंकले सञ्चालन गरेका प्रविधि, लगायतका सेवाहरुलाई आम सहकारीहरुमा पु¥याउन सकेमा सहकारी क्षेत्रका साख बढाउन सकिने बताए । बैंकले सदस्य संस्थाहरुले बैंकमा गरेको लगानी सुरक्षित गर्न तथा दिर्घकालिन फाइदाका लागि विभिन्न योजना बनाएकोले त्यसका बारेमा आम सहकारीकर्मीहरुलाई सचेत बनाउनु पर्नेमा उनको जोड थियो ।
कार्यक्रममा ६८ वटै शाखाका प्रमुखहरुले आ.व. २०७९–०८० को लक्ष्य, यथार्थ अवस्था लगायत शाखाका तर्फबाट भएका गतिविधि, सहकारी क्षेत्रको सुधारका लागि गर्न सकिने कामहरु, आगामी योजनामा समेट्नु पर्ने विषयहरु लगायतका विषयमा प्रस्तुतीकरण गरे । बैंकको उच्च व्यवस्थापनका तर्फबाट शाखा प्रमुखहरुको प्रस्तुती, सुझाव र जिज्ञासाका बारेमा सहजीकरण गरिएको थियो ।
सहकारी संघ संस्थाहरुसंग मात्र कारोबार गर्दै आइरहेको बैंकले ६८ वटा शाखा मार्फत देशभरका सहकारी संघ संस्थाहरुसंग कारोबार गर्दै आइरहेको छ । बैंकमा हाल १६ हजार भन्दा बढि शेयर सदस्य, २ अर्ब ८० करोड शेयर रकम, ६० अर्ब निक्षेप, ३२ अर्ब कर्जा लगानी रहेको छ ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १कर्णालीका मुख्यमन्त्री राजकुमारले भने ऐन, कानुन माफियाले बनाउछन् कि जस्तो लाग्छ !
- २दोलखाबाट चार किलो सुन बरामद, तीन जना पक्राउ
- ३वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा गर्दै इन्द्रजात्रा मनाइदैं
- ४भारतको मणिपुर फेरि अशान्त, कर्फ्यु लागू
- ५सुरक्षाको कारण देखाउदै पूर्वप्रधानमन्त्री इमरान खानलाई अदियाला जेलमा सार्न आदेश
तपाईको कमेन्ट लेख्नुहोस्