Techie IT
  • २० मंसीर २०८१, बिहीबार
KhojPatrika

एक क्विन्टल सुन प्रकरण अनुसन्धानको जिम्मा सीआइवीलाई, समिति बनाउन आलटाल !


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एक क्वीन्टल सुन तस्करी प्रकरणमा अनुसन्धानको दायरा फराकिलो पार्नुपर्ने नेताहरुले बताएका छन् । शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै शर्मा र लामिछानेले यस्तो बताएका हुन् । यता प्रधानमन्त्री पुष्पकमल दाहालले सुन प्रकरणको अनुसन्धानको जिम्मा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई दिन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई दिन निर्देशन दिएका छन् । प्रधानमन्त्री प्रचण्डले अन्तरदेशीय संगठित अपराध अनुसन्धानका लागि सीआईबी प्रहरीको विशिष्टकृत निकाय भएकाले ब्यूरोमार्फत थप अनुसन्धान अघि बढाउन निर्देशन दिएका हुन् ।

बिहीबार साँझ गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रक्षामन्त्री पूर्णबहादुर खड्का, महान्यायाधिवक्ता दिनमणि पोखरेल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सीआईबी प्रमुख किरण बज्राचार्य र राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाबीच बसेको बैठकपछि थप अनुसन्धान सीआईबीमार्फत गर्न प्रधानमन्त्री दाहालले निर्देशन दिएका हुन् । यता राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेताहरुले सुन तस्करी प्रकरणका विषयमा प्रधानमन्त्री र गृहमन्त्रीले संसदमा जवाफ दिनुपर्नेे माग राखेका छन् ।

नेपाली कांग्रेसका महामन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एक क्वीन्टल सुन तस्करी प्रकरणमा अनुसन्धानको दायरा फराकिलो पार्नुपर्ने नेताहरुले बताएका हुन् । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले नक्कली सुन तस्करी प्रकरणको सम्बन्धमा प्रधानमन्त्री र गृहमन्त्रीले संसद बैठकमा जवाफ दिनुपर्ने बताए ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणमा अनुसन्धानको दायरा फराकिलो पार्नुपर्ने बताए । सभापति लामिछानेले सुन तस्करी प्रकरणको छानबिन राजश्व अनुसन्धान विभागले गरेर मात्रै नपुग्ने बताए । सभापति लामिछानेले सुन तस्करी प्रकरणमा नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराको नाम समेत जोडिएको भएपनि प्रहरीले सामान्य सोधपुछ गर्न समेत आँट नदेखाएको र प्रहरीले मिडिया ट्रायल गरिरहेको बताए ।

लामिछानेले ललिता निवास जग्गा प्रकरणमा दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई पनि छानबिन बताए । यसअघि राजश्व अनुसन्धान विभागले साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पार गरेर बाहिरिएको सुनसहितको एक सय ५५ किलो ब्रेक शु बरामद गरेको थियो । यसमा चिनियाँ, भारतीय र बेल्जियन नागरिक समेत पक्राउ परेका छन् ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #एक क्वीन्टल सुन तस्करी, #महामन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

तपाईको कमेन्ट लेख्नुहोस्