भारतीय कांग्रेसका पार्टीका नेता राहुल गान्धीको सांसद पद जोगियो
काठमाडौं । भारतीय कांग्रेसका पार्टीका नेता राहुल गान्धीको सांसद पद निलम्बन गर्ने निर्णय सर्वोच्च अदालतले फुकुवा गरेको छ । शुक्रबार भारतको सर्वोच्च अदालतले मोदी सरनेम मुद्दामा गान्धीलाई सजायमा रोक लगाएपछि उनको सांसद पद जोगिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन ।
सर्बोच्चका न्यायाधीशत्रय बीआर गवई, पीएस नरसिम्हा तथा संजय कुमारको संयुक्त इजलासले राहुल गान्धीलाई सजाय गर्नु नपर्ने आदेश दिएको हो । राहुल गान्धीको लवज राम्रा नभएको र सार्वजनिक जीवनमा कुनै पनि व्यक्तिलाई सार्वजनिक रूपमा केही बोल्नु अघि सचेत रहन भने अदालतले ध्यानाकर्षण गराएको छ ।
सन् २०१९ मा ‘मोदी सरनेम’को बयानलाई लिएर सूरतको तल्लो तहको अदालतले गान्धीलाई २ वर्षको सजाय सुनाएको थियो । उक्त फैसलाको २४ घण्टापछि लोकसभाले उनको सदस्यता खारेज गरिदिएको थियो । ‘चाहे जे सुकै होस मेरो कर्तव्य उही रहन्छ,’ गान्धीले अदालको फैसलापछि एक ट्वीट सन्देश मार्फत प्रतिक्रिया दिएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विदेश, समाचार
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्