कोरोना उद्धार उडानमा भ्रष्टाचार गर्दा भियतनाममा ५४ जनालाई जेल सजाय
काठमाडौं । भियतनाममा भ्रष्टाचार मुद्दामा पूर्वसरकारी अधिकारी, व्यवसायी लगायत ५४ जनालाई जेल सजाय सुनाइएको छ । कोरोना महामारीका बेला गरिएको उद्धार उडानका क्रममा स्वदेश फर्कन चाहने भियतनामी नागरिक तथा उनीहरुका आफन्तबाट घुस लिएको अभियोगमा दोषी पाइएपछि हनोइ अदालतले उनीहरुलाई जेल सजाय सुनाएको हो ।
यो भ्रष्टाचार प्रकरण अहिलेसम्मकै ठूलो मानिएको त्यहाँको सरकारी सञ्चारमाध्यम भीटीसीले जनाएको छ । अदालतले २५ सरकारी अधिकारीलाई ७४ लाख डलर घुस लिएको अभियोगमा दोषी ठहर गरेको छ । जसमा पूर्वउप–परराष्ट्रमन्त्री टो आन डुङ समेत छन् । उनले उद्धार उडान सञ्चालन गर्ने विमान कम्पनीबाट ९ लाख ८ हजार डलर घुस लिएको पाइएको छ ।
उनलाई १६ वर्ष जेल सजाय तोकिएको छ । तर, उनले आफूले उडानका लागि विमान कम्पनीहरुलाई सहजीकरणमात्र गरेको भन्दै कुनै गलत काम नगरेको जिकिर अदालतसमक्ष गरेका थिए । यस्तै परराष्ट्र तथा स्वास्थ्य मन्त्रालयका ४ उच्च अधिकारीलाई आजीवन जेल सजाय सुनाइएको छ ।
व्यवसायीहरुलाई सरकारी अधिकारीलाई घुस दिएको आरोप लागेको थियो । कोरोना महामारीका बेला भियतनामले ६० मुलुक तथा क्षेत्रबाट आफ्ना नागरिकलाई ल्याउन ८ सय वटा चार्टर उडान गरेको थियो । सरकारले भ्रष्टाचारविरुद्धको अभियान सुरु गरेयता सयौं सरकारी अधिकारीमाथि अनुसन्धान गरिएको थियो । त्यसक्रममा गत जनवरीमा भ्रष्टाचारको आरोप लागेका राष्ट्रपति गुयेन सुआन फुक र दुई उपप्रधानमन्त्रीले राजीनामा दिएका थिए ।
क्याटेगोरी : राजनीति, विदेश, समाचार
ट्याग : #५४ जनालाई जेल सजाय, #भियतनाम
ताजा खबर
- १सबैलाई निर्वाचनमा भाग लिने वातावरण बनाउन सरकारले आवश्यक कदम चालोस्ः अध्यक्ष दाहाल
- २सौराहामा रास्वपाको विस्तारित बैठक शुरु (तस्बिरसहित)
- ३बाबुराम भट्टराईको छलफलमाः जनार्दन शर्मादेखि डिपी अर्यालसम्म
- ४सुधनले मागे गृहमन्त्रीको राजीनामा, जेन–जीको माग पूरा नभए चुनाव हुन नदिने चेतावनी
- ५गृहमन्त्री अर्यालद्वारा पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ताः आन्दोलनमा जलेको घरको निरीक्षण



तपाईको कमेन्ट लेख्नुहोस्