एक महिनादेखि सम्पर्कविहीन रहेका चिनियाँ विदेशमन्त्री छिन काङ बर्खास्त
काठमाडौं । एक महिनादेखि सम्पर्कविहीन रहेका चिनियाँ विदेशमन्त्री छिन काङलाई चीन सरकारले बर्खास्त गरेको छ । चिनियाँ सरकारी टेलिभिजन नेटवर्क सीसीटीभीलाई उधृत गर्दै हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोस्टका अनुसार सम्पर्कमा नरहेका विदेशमन्त्री छिनलाई सरकारले बर्खास्त गरेको हो ।
उनको स्थानमा यसअघि विदेशमन्त्रीको भूमिकामा रहेका चिनियाँ वरिष्ठ कूटनीतिज्ञ वाङ यीलाई जिम्मेवारीमा फर्काइएको छ । २५ जुनमा अन्तिमपटक सार्वजनिक रूपमा देखिएका छिन त्यसपछि सम्पर्क विहिन भएका थिए । अमेरिकाका लागि चीनका राजदूत रहेका छिन राष्ट्रपति सी जिनपिङका विश्वास पात्र मानिन्थे ।
उनलाई सीले पार्टीको १४ औं महाधिवेशनपछि महत्वपूर्ण जिम्मेवारी दिएर राजदूतबाट सिधै चीनको विदेशमन्त्रीको जिम्मेवारीमा ल्याएका थिए । गएको डिसेम्बरबाट जिम्मेवारी सम्हालेका उनले पछिल्लो समय विभिन्न मुलुकमा कूटनीतिक भ्रमणलाई तीव्रता दिएका थिए । साथै, लामो समयदेखि रोकिएको अमेरिकी उच्च अधिकारीहरूले समेत चीन भ्रमण गरेका थिए ।
राष्ट्रपति सीले युक्रेनसँग युद्धमा रहेको रुसको भ्रमण गरेर शान्तिपूर्ण ढंगले समाधान खोज्नुपर्ने सुझाव समेत दिएका थिए । कूटनीतिक भ्रमण र भेटमा सक्रिय रहेका विदेशमन्त्री छिनले २५ जुनमा श्रीलंका र रुसका विदेशमन्त्रीहरूसँग भेट गरेका थिए ।
क्याटेगोरी : राजनीति, विदेश, समाचार
ट्याग : #चिनियाँ विदेशमन्त्री
ताजा खबर
- १सरकारले नै विस्थापित सुकुम्वासीलाई आज र भोलि खानाको व्यवस्था गर्ने
- २हेडसरलाई थर्काएको रास्वपा सांसद विश्वराज पोखरेलको भिडियो भाइरल, चौतर्फी आलोचना
- ३चल्यो सुकुम्बासी बस्तीमा डोजर,सरकारलाई सघाउदै निस्किए सुकुम्बासी, ५ स्थानमा बासस्थान
- ४जानकी नवमीः मिथिलाको गौरव र माता जानकीको प्रादुर्भाव
- ५रविलाई हर्कले सोधे–सुकुमबासीलाई धनीपूर्जा दिने बाचा गरेर चुपचाप घण्टीमा छाप मागेको होइन ?



तपाईको कमेन्ट लेख्नुहोस्