Techie IT
  • १ माघ २०८१, मंगलबार
KhojPatrika

जुम्लामा नुनको चरम अभाव, नुन नपाएको झोकमा स्थानीयद्धारा डिपो कार्यालय नै तोडफोड !


काठमाडौं । कर्णाली प्रदेशको जुम्लामा नुन नपाएको झोकमा स्थानीयले डिपो तोडफोड गरेका छन । कर्णालीबासिले हरेक वर्ष नुनको अभाब झेल्दै आएका छन् । नुनको खोजीमा भौतारिदा पनी सरकारले आफ्नो पिडामा मल्हम लगाउन नसकेको भन्दै उनिहरुले नुनको डिपोमा तोडफोड गरेका हुन । यो दृष्य कर्णाली प्रदेशको जुम्लाको हो ।

दृष्यमा नुन नपाएको झोकमा स्थानीयले डिपो तोडफोड गरीरहेको देखिन्छ । आक्रोसित स्थानियले डिपो कार्यालयमा ढुंगामुढा प्रहार गरेर मनको भडास पोखिरहेको पनी दृश्यमा देखिन्छ । सुरक्षाका लागी तैनाथ ससष्त्र प्रहरीले स्थानीयको आक्रोश साम्य पार्न भिड नियन्त्रणको प्रयास त गरिरहेका छन । तर स्थानियको आक्रोसका अगाडी उनिहरुको पनी केहि जोर नचलेको जस्तो देखिन्छ ।

नुन नपाएको झोकमा कर्णालीबासिले डिपो तोडफोड गरेको यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भईरहेको छ । भिडियोमाथी अनेक टिप्पणी भईरहेका छन । कर्णाली हरेक बर्ष स्थानियले नुनको अभाब झल्दै आएका छन । खासगरी कर्णालीको हिमाली बस्तीका बासिन्दाले नुन खोज्न सधैं भौंतारिनुपरेको छ ।

त्यसोत कर्णालीमा नुनका डिपो छन्, कोटा पनि तोकिएको हुन्छ । तर स्थानियले नुन खोज्दा पाउदैनन् । बर्षेनी एउटै पीडा दोहोरिन थालेपछी कर्णालीबासीको आक्रोशको ज्वाला फुटेको हो । रोग र भोकसँग लडीरहेको कर्णालीमाथी राज्यले पनी अन्याय गर्न थालेपछी कर्णालीबासीहरु बिद्रोहमा उत्रिएका हुन । कर्णालीमा अभाब त छदैछ ।

मंहगीले पनी आकाश छुने गरेको छ । नुन नपाएको झोकमा स्थानीयले गर्नुपरेको आन्दोलनले डेढ दशक पहिलाको जुम्लाको परिस्थितिलाई झल्काएको छ । जतिबेला जुम्लामा एकपोका नुन र एककिलो चामलका लागि नेताको पाउ मोल्नुपर्ने, प्रहरीको लाठी खानुपर्ने, र हप्ता दिनसम्म लाइन बस्नुपर्ने बाध्यता थियो । देशमा संघीयता र गणतन्त्र आईसकेको छ । तर कर्णालीका दुःख उस्तै छन । जुम्लाका पिडा उस्तै छन् ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #डिपो तोडफोड, #नुनको चरम अभाव

तपाईको कमेन्ट लेख्नुहोस्