विप्लवले प्रचण्डको मन जित्दा जनार्दन र वर्षमानलाई तनाव !
काठमाडौं । नेकपा माओवादीभित्र अध्यक्ष पुष्पकमल दाहाल र दोस्रो तहका नेताहरुबिचको असन्तुष्टि सतहमा आउन थालेको छ । नेत्रबिक्रम चन्द ‘विप्लव’लाई पार्टीमा भित्राएर महासचिव दिने प्रचण्डको तयारीपछि दोस्रो तहका नेताहरु असन्तुष्ट देखिएका छन् । प्रचण्डले सार्वजनिक रुपमै विप्लवको प्रशंशा गर्न थालेपछि पार्टीभित्र राम्रो पकड रहेका उपमहासचिबद्वय जनार्दन शर्मा र बर्षमान पुन तनावमा छन् । प्रधानमन्त्री प्रचण्ड हिजोआज नेकपाका महासचिब नेत्रबिक्रम चन्द बिप्लवको प्रशंशा गरेर थाक्दैनन् ।
खासगरी पार्टीमा आबद्ध बिभिन्न संघ–संगठनहरुले आयोजना गरेका कार्यक्रममा भाषण गर्ने क्रममा प्रचण्डले बिप्लवको तारिफमा समय खर्चिने गरेका छन । अर्कोतर्फ बिप्लवले पनी अहिलेको सरकारले जनमुखी काम गरेको भन्दै प्रचण्डको गुणगान गाईरहेका छन । ससष्त्र संघर्षका बेला संगै युद्ध लडेका तर पछि आफुसँग छुट्टिएर अलग्गै यात्रामा रहेका बिप्लप अहिले आएर आफ्नो गुणगान गाउन थालेपछी प्रचण्ड पनी मख्ख छन ।
माओवादी ससष्त्र संघर्षका क्रममा मारिएका १७ हजार मध्ये ५ हजारको जिम्मा लिन्छु भन्दै प्रचण्डले दिएको अभिब्यक्ती बिरुद्ध सर्वोच्च अदालतमा मुद्धा परेपछी नजिकिएका प्रचण्ड र बिप्लवको समन्ध अहिले सुमधुर बन्दै गएको छ । बिप्लवको मन खोलेर प्रशंशा गरिरहेका प्रचण्ड बरु आफ्नो राजनीतिक यात्रामा अहिलेसम्म साथमै रहेका दोश्रो तहका नेताहरुसँग भने असन्तुष्ट छन ।
खासगरी पार्टीभित्र बलियो प्रभाब रहेका उपमहासचिबद्वय जनार्दन शर्मा र बर्षमान पुनसँग प्रचण्डको गुनासो छ । आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकारले राम्रो काम गर्दा पनी शर्मा र पुनले प्रसंसा गर्न नसकेको दुखेसो प्रचण्डको छ । अर्कोतर्फ पार्टीभित्र शर्मा र पुनले गुटको राजनीति गरेको प्रचण्डको आरोप छ । यो बिचमा प्रचण्डले आफुलाई राजनीतिबाट बिदाई गर्न शर्मा र पुन सहितका दोश्रो तहका नेताहरु हात धोएर लागेको भन्दै आक्रामक अभिब्यक्ती समेत दिएका छन ।
बिप्लपलाई पार्टीमा भित्राएर महासचिब बनाउने तयारीमा रहेका प्रचण्डले आफुहरुमाथी आक्रामक अभिब्यक्ती दिन थालेपछी माओवादी केन्द्र भित्रका दोश्रो तहका नेताहरु भने तनाबमा छन । गत बहिबार अखिल क्रान्तिकारीले किर्तिपुरमा आयोजना गरेको एक कार्यक्रममा संगै सहभागिता जनाएका जनार्दन शर्मा प्रभाकर र बर्षमान पुन अनन्तले पनी प्रचण्डमाथी खुलेर असन्तुष्टि पोखेका थिए । कार्यक्रममा शर्मा र पुनले प्रचण्डसँग चित्त दुखाएका थिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #नेकपा माओवादी, #पुष्पकमल दाहाल
ताजा खबर
- १विस्तृत शान्ति सम्झौताको १८ वर्षः युद्ध गर्ने नेताको जीवनशैली फेरियो, पीडितका दुख भने उस्तै
- २बालुवाटारमा ओली-देउवासहित कांग्रेस र एमालेका शीर्ष नेताहरू छलफलमा
- ३प्रधानमन्त्री, मन्त्री र जनप्रतिनिधिले अनुमति नलिइ उपनिर्वाचनको प्रचारमा हिँड्न नपाउने
- ४मेडिकल व्यवसायी दुर्गा प्रसाईं दोस्रो पटक पक्राउ, प्रधानमन्त्री ओलीविरुद्ध भ्रामक सामग्री प्रचार गरेको आरोप
- ५हिरासतमा रहेका रवि लामिछानेको बोलीले प्रहरी तनावमा,मौका पाउने बित्तिकै सरकारलाई गाली !
तपाईको कमेन्ट लेख्नुहोस्