२०१६ असार १६ मा संसदको पहिलो बैठक,मनाइयो ६५ औं संसद दिवस !

काठमाडौं । शनिबार ६५ औँ संसद् दिवस मनाइएको छ । २०१६ असार १६ गते नेपालको पहिलो संसद्को बैठक बसेको सम्झनामा यो दिवस मनाउन लागिएको हो । नेपालको पहिलो संसद्को पहिलो बैठक सिंहदरबारस्थित ग्यालरी बैठकमा राति ११ बजेर ४५ मिनेट बोलाइएकोमा सभा मध्यरात १२ बजे प्रारम्भ भएको इतिहास छ । तर, पछिल्लो समय संसदमा सांसदहरु जनताका मुद्धा भन्दा पनि दलीय स्वर्थमा केन्द्रीत भएको आरोप लाग्ने गरेको छ । नेपालमा संसदीय अभ्यास भएको साढे ६ दशक नाघेको छ ।
२०१६ असार १६ गते मध्यराति १२ बजे पहिलो बैठक बसेको सम्झनामा हरेक बर्ष असार १६ गते संसद दिवस मनाउन थालिएको हो । उतिबेला डेढ वर्षे अवधिमा बसेको दुई अधिवेशन अन्तर्गत एक बैठकमा एक सांसदले अर्को दललाई लक्ष्य गरी सामान्य आरोप लगाएवापत केही मिनेट अवरुद्ध भएपनि पुनः सञ्चालन भयो, त्यसपछि अर्को अवरोध कहिल्यै भएन । गुणस्तर र अभ्यासका हिसाबले यो संसद् अनुसरणयोग्य भएको विश्लेषण हुने गरेको छ ।
१०९ सदस्यका लागि २०१५ फागुन ७ गते मतदान सुरु भएकामा साढे दुई महिनापछि अर्थात् विसं २०१६ वैशाख २१ गते अन्तिम नतिजा प्रकाशन भएपछि संसद् बैठक असारमा बोलाइएको थियो । नतिजा अनुसार नेपाली कांग्रेसले ७४, नेपाल राष्ट्रवादी गोरखा परिषद्ले १९, संयुक्त प्रजातान्त्रिक पार्टी नेपालले पाँच, नेपाल कम्युनिस्ट पार्टीले चार, नेपाल प्रजापरिषद् (आचार्य) ले दुई र नेपाल प्रजापरिषद् (मिश्र)ले एक स्थान जितेका थिए भने स्वतन्त्र चार जनाले पनि संसदमा प्रतिनिधित्व पाएका थिए ।
प्रथम संसद्ले १८ महिना पार नगर्दै २०१७ मा संसदीय व्यवस्था विघटनपछि मुलुक निर्दलीय व्यवस्था लागु भई एक सदनात्मक राष्ट्रिय पञ्चायतको अभ्यासमा गएको थियो । २०४६ सालको जनान्दोलनबाट प्रजातन्त्र पुनःस्थापना भई प्रतिनिधिसभा र राष्ट्रियसभा नामबाट ‘संसद्’ को पुनः स्थापना भयो । नेपालको अन्तरिम संविधान, २०६३ मा भने ‘व्यवस्थापिका–संसद्’ नामकरण भई २०७२ को ‘नेपालको संविधान’ पछि प्रतिनिधिसभा र राष्ट्रियसभासहितको दुई सदनात्मक ‘संघीय संसद्’ मा रूपान्तरण भयो ।
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभामा २७५ सदस्य प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट आउँछन् भने राष्ट्रियसभामा निर्वाचित र राष्ट्रपतिबाट मनोनीत गरी ५९ सदस्य रहने संबैधानकि ब्यवस्था छ । संघीय लोकतान्त्रिक गणतान्त्रिक संसदीय ब्यवस्थामा बिभिन्न ब्यक्तीहरुको प्रतिनिधित्व हुँदै समाबेशी बनाइएको छ । तर, संसदमा बेला मौकामा बिभिन्न बिकृति समेत देखिइरहेका छन् ।
जनताका मुद्धाहरुको बहस भन्दा पनि दलीय छत्रछाँयामा अर्कोलाई गाली गर्दा प्यारो भइन्छ भन्ने उदेश्यले सांसदहरुका अभिब्यक्ती आइरहेका छन् । त्यसैले सभामुख देवराज घिमिरेले संसद प्रभावकारी बनाउने गरी भूमिका निर्वाह गर्न राजनीतिक दलहरुलाई आग्रह गरे । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ कम्तिमा पनि ३३ प्रतिशत महिलाहरु निर्वाचित हुने व्यवस्था गरेर जानुपर्ने बताइन ।
समानुपातिकमा एक पटक ल्याएका महिलाहरुको अनुभवलाई प्रयोगमा ल्याउने गरी फेरी सांसद बनाउने काम गर्न पनि राजनीतिक दलहरुलाई उनको आग्रह थियो । संसदले बनाएको कानुनभन्दा बाहिर प्रशासन चलिरहेको आरोप छ पूर्वसभामुख दमन्नाथ ढुङ्गानाको । यतिबेला राजनीतिक दल सत्ता स्वार्थमा डुब्दा संसदले प्रभावकारी काम गर्न नसकेको गुनासो ढुंगानाको छ । यतिबेला त संघीय मात्रै होइन सातै प्रदेशहरुमा पनि संसद चल्छन् ।
संघीय संसदकै ढाचामा चल्ने प्रदेशसभाहरुले स्थानीयस्तर तथा प्रदेशकै सवालमा बढी गन्थन गर्नुपर्ने हो । तर, प्रदेशका सांसदहरु समेत संघीय राजनितिक घटनाक्रमकै बिषयमा बहस छलफल गरिरहेका हुन्छन् । जनताको प्रतिनिधि पुग्ने स्थान संसद । जसलाई दलीय नेताको गुनगान गाउने र अन्य नेतालाई आरोप लगाउने थलोको रुपमा विकसित नगरियोस् । बरु जनता केन्द्रीत ऐन, कानुन बनाउने र राज्यलाई गुनासो सुनाउने थलोका रुपमा विकसित होस् भन्ने नै सबैको चाहना छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #पहिलो संसद्को बैठक, #संसदीय अभ्यास, #संसद् दिवस
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्