सुनको जलहरी नाप जाँच गर्न अख्तियारको टोली पुशपतिमा, मन्दिर क्षेत्र गराइयो खाली
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पशुपतिनाथको ज्योतिर्लिंगमा राखिएको जलहरीमा प्रयोग भएको सुनको नाप जाँच गरेको छ ।
निर्धारितभन्दा कम तौलको सुन राखेर जलहरी बनाइएको उजुरीपछि अख्तियारले अनुसन्धान थालेको थियो । नेपाली सेनाको २४ घण्टे पहरामा बनाइएको जलहरीको वास्तविक तौल पत्ता लगाउन अख्तितयारको अनुसन्धान टोली पशुपतिनाथ पुगेको हो ।
आइतबार अपराह्न अख्तियारको टोली जलहरीमा प्रयोग भएको सुनको सत्यतथ्य जाँच्न जाने भएपछि मन्दिर क्षेत्र खाली गराइएको थियो । त्यस क्षेत्रमा नेपाली सेनालगायत सुरक्षाकर्मीहरुले दिउँसैदेखि सुरक्षा प्रदान गरिरहेका थिए ।
जलहरीमा जडित सुनको विषयमा विवाद उत्पन्न भएपछि अख्तियारले नाप जाँच गरेको हो । मन्दिर परिसरमा पुगेको अख्तियारको टोलीले सीसी क्यामेरा जडान गरिएको थियो ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #जलहरीमा प्रयोग, #पशुपतिनाथ
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्