सामाजिक सञ्जालमा गाली गलौज नगर्न समर्थकलाई रवि लामिछानेको आग्रह
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अनावश्यक गालीगलौज नगर्न आफ्ना नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । सामाजिक सञ्जालमा रास्वपाका कार्यकर्ताहरुले अराजक गतिबिधि देखाउने गरेको आरोपका बिच सभापति लामिछानेले मर्यादित हुन कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना कार्यकर्तालाई सामाजिक सञ्जालमा गाली गलौजमा नउत्रिन आग्रह गरेका छन् । उनले समर्थकले जथाभावी टिप्पणी गर्दा नेताहरुलाई पनि अप्ठेरो पर्ने बताएका हुन । रास्वपाका कार्यकर्ताहरु उग्रउपमा सामाजिक सञ्जालमा प्रस्तुत भएको आरोप लाग्ने गरेको छ ।
त्यसोत रास्वपा सभापति रवि लामिछानेलाई उनका कार्यकर्ताले भगवानको रुपमा हेर्ने गरेको आरोप समेत लाग्ने गरेको छ । केहि समय अगाडी रास्वपाका सभापती रवि लामिछाने लाई नागरीकता विवादमा अदालतमा मुद्दा दायर गरेको भन्दै युवराज सफलमाथी रास्वपाका कार्यकर्ताले सामुहिक हमलाको प्रयास समेत गरेका थिए ।
अहिले भने लामिछानेले कार्यकर्तालाई संयमता अपनाउन आग्रह गरेका छन । पार्टीका नेताहरुलाई आएको गाली र आलोचनामाथि टिप्पणी गर्दा पनि सभ्य ढंगले गर्न लामिछानेले आग्रह पनी गरेका छन । नेताहरु इमानमा रहेका दिनसम्म मात्र कार्यकर्ताले बचाउने भन्दै उनले नेताहरुले इमान छाडेको दिन कार्यकर्ताले बचाउनतिर लाग्न नहुने पनि बताएका छन् ।
लामिछानेले २०८४ को चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई पहिलो बन्नबाट कसैले रोक्न नसक्ने पनि बताएका छन । उनले रास्वपा आफ्नै कारणले मात्र पराजित हुने भन्दै अरुले हराउन नसक्ने दाबी गरे । उनले आफ्ना कार्यकर्तालाई अरुको उदाहरण बन्न सुझाव दिएका छन ।
यसअघि उपचुनावका बेला आफ्नै कार्यकर्ताले लामिछानेलाई मत नहाल्ने बताएपछि एक किशोरीलाई समर्थकहरुले सामाजिक सञ्जालबाट हैरानी दिएका थिए । चुनावको परिणाम सार्वजनिक भएपछि लामिछानेले चितवनकी ति किशोरीलाई भेटेर माफी समेत मागेका थिए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #गालीगलौज नगर्न, #राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्