Techie IT
  • २८ माघ २०८१, सोमबार
KhojPatrika

सत्ता साझेदार दलकै कारण सरकारलाई बजेट पास गर्न समस्या, यथास्थितिमा बजेट पास गर्न नदिने चेतावनी


काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा सत्तारुढ दलहरुकै असन्तुष्टि छ । आफ्नै पार्टीका अर्थमन्त्रीले ल्याएको बजेटमा कांग्रेस नेताहरुकै चित्तदुखाई समेत देखिएको छ । यता सरकारमै रहेको नेकपा एकीकृत समाजवादीले यथास्थितीमा बजेट पास हुन नदिने निर्णय नै गरेको छ । त्यस्तै जनता समाजवादी पार्टीले समेत बजेट सच्याउन दबाब बनाईरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको बर्तमान सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागी ल्याएको बजेटमा सत्तारुढ दलहरु भित्रै चरम असन्तुस्टि छ । नेपाली कांग्रेस, नेकपा एकिकृत समाजवादी र जनता समाजवादी सहितका सत्तारुढ दलहरुले संसद बाहिर मात्रै होईन संसदको रोष्टममै उभिएर बजेटमाथी असन्तुस्टि पोखिरहेका छन ।

एकिकृत समाजवादी र जनता समाजवादी पार्टीले त झन संसदबाट बजेट पास हुनै नदिने चेतावनी दिएका छन । एकिकृत समाजवादीले यथास्तितिमा बजेट पास हुन नदिने निर्णय नै गरेको छ । सिंहदरबारमा बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । प्रतिपक्षी दलहरुले बजेट सच्याउन दबाब बनाईरहेका बेला सत्तारुढ दलहरुमै देखिएको चरम असन्तुस्टिले प्रधानमन्त्री प्रचण्डलाई तनाब दिएको छ ।

सत्तारुढ गठबन्धनको तेश्रो ठुलो दल जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव बजेटले मधेसलाई छुन नसकेको बताउछन । यथास्तितिमा बजेट पास हुन नदिने उनको अडान छ । प्रधानमन्त्री प्रचण्डले भने बजेटमा कसैलाई बिभेद नगरेको बताएका छन् । बजेट सन्तुलित भएको दाबी गर्दै उनले असन्तुष्टि प्रकट गर्नुको कुनै तुक नभएको बताएका छन ।

उनले बजेटले मधेसलाई उपेक्षा गरेको भन्ने आरोपमा सत्यता नभएको समेत बताएका छन । त्यसोत बजेट सच्याउन दबाब दिदै प्रतिपक्षी दलहरुले समेत संसद भित्र र बाहिर चर्को आवाज बनाएका छन । खासगरी प्रमुख प्रीतपक्षी दल नेकपा एमालले केन्द्रमा मात्र होईन आफु प्रतिपक्षमा रहेको सबै प्रदेशको बजेट पारित हुन नदिने चेतावनी दिएको छ ।


क्याटेगोरी : अर्थ, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #आगामी आर्थिक वर्ष, #दलहरुकै असन्तुष्टि, #सत्तारुढ दलहरुकै

तपाईको कमेन्ट लेख्नुहोस्