प्रस्तावित प्रधानन्यायाधीश कार्कीमाथि सांसदहरूको प्रश्नः घुस खाएको हो कि हैन ?
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीमाथि संसदीय सुनुवाइ समितिमा सांसदहरूले प्रश्नै प्रश्नको बर्षा गरेका छन् । शुक्रबार सिंहदरबारस्थित सुनुवाइ समितिको हलमा बिहान ८ बजेदेखि भइरहेको सुनुवाइ समितिको बैठकमा सांसदहरूले कार्कीमाथि न्यायिक सुधारका विषय तथा उनका व्यक्तिगत काम कारवाहीका बिषयमा लगातार प्रश्न गरेका थिए ।
अदालतमा भ्रष्टाचार बढेको, गरिबले सहज रूपमा न्याय पाउने अवस्था नरहेको, फैसला गरेका मुद्दा विवादास्पद रहेको, घुस खाएको लगायतका सांसदहरूले प्रश्नहरू सोधेका छन् । ललितपुरको गोदावरीमा जग्गा हडपेको आरोप के हो भन्दै सदस्य देवेन्द्र दाहालले प्रश्न सोधे । सार्वजनिक विकास निर्माणका काम हुँदा अवरोध हुन्छ, त्यसमा निर्णय गर्दा अलि फरक ढङ्गले गर्न सकिँदैन भन्दै जनार्दन शर्माले प्रश्न गरेका थिए ।
न्यायालयप्रति नागरिकको भरोसा टुट्ने अवस्थामा पुगेको महेश कुमार बर्तौलाले बताए । भष्टाचारको सूक्ष्म अनुगमन गर्ने, बिचौलिया नियन्त्रणका लागि छुट्टै संयन्त्र बनाउने बताउनुभएको छ ? यो गर्न सक्नुभयो भने जनताले न्यायपालिकाकालाई सकारात्मक रूपमा लिन सक्नेछन् । छोटो अवधिमा सर्वोच्चमा थुप्रिएका मुद्दाको चाङ कसरी टुङ्गोमा पुराउनुहुन्छ ? ज्ञानेन्द्रबहादुर कार्कीले प्रश्न गरेका थिए । संसदीय समितिमा कार्कीलाई अदालतका मात्रै नभई ब्यक्तीगत प्रश्न समेत सोधेका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #प्रधानन्यायाधीश हरिकृष्ण कार्की, #प्रश्नै प्रश्नको बर्षा, #संसदीय सुनुवाइ
ताजा खबर
- १प्रधानमन्त्रीले विश्वविद्यालयको सबै भारी बोकेर हिँड्न सक्दैनः प्रधानमन्त्री कार्की
- २कुलमानको ‘उज्यालो नेपाल पार्टी’ र अभियन्ता सुनारको ‘हाम्रो नेपाल पार्टी’ले एउटै चुनाव चिन्हमा निर्वाचन लड्ने
- ३विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति नरहने कानूनी व्यवस्था गरिन्छः शिक्षामन्त्री पुन
- ४नेपाल प्रज्ञा प्रतिष्ठानमा जेन दर्शन र नेपाली कविताबारे विचार गोष्ठी
- ५कांग्रेसको बैठकले संसारका कीर्तिमान भंग गरिसक्योः गुरु घिमिरे



तपाईको कमेन्ट लेख्नुहोस्