१९ दिनका लागि हरिकृष्ण कार्की प्रधानन्यायाधीश बन्दै, अनुमोदन गर्ने तयारीमा समिति (भिडियोसहित)
काठमाडौं । संसदीय सुनुवाइ समितिबाट प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको अनुमोदन गर्ने तयारी गरिएको छ । बुधबार उजुरीकर्ताको छलफलपछि बिहिबार बिहान ८ बजे सुनुवाइ समितिले कार्कीलाई सुनुवाइका लागि बोलाएको हो ।
समितिले बुधबार ७ जना उजुरीकर्तासँग एकल रुपमा र बाँकीसँग सामूहिक रुपमा छलफल गरेको थियो । कार्कीविरुद्ध ३८ जना उजुरीकर्ताले २९ उजुरी दर्ता गराएका थिए ।
गत वैशाख २५ गते संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कायम मुकायम प्रधानन्यायाधीश कार्कीको नाम सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समिति गठन नहुँदा कार्कीको संसदीय सुनुवाइ प्रक्रिया ढिलो भएको हो ।
आजको बैठकले कार्कीको नाम अनुमोदन गर्ने तयारी गरेको छ । उनी १९ दिनका लागि प्रधानन्यायाधीश बन्दैछन् । ६५ बर्षे उमेरहदका कारण साउन २० गते अवकाश पाउने कार्की एक महिनाअघि विदा बस्नुपर्ने ब्यवस्था रहेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, भिडियो, राजनीति, विचार/लेख, समाचार
ट्याग : #प्रधानन्यायाधीश हरिकृष्ण कार्की, #संवैधानिक परिषद्, #संसदीय सुनुवाइ समिति
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्