तीन दिनभित्र प्रधानन्यायाधीश नियुक्तिको बाटो खुलाउने निर्णय
काठमाडौं । प्रतिनिधिसभाको संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीश नियुक्तिको टुंगो असार १ गतेभित्र लगाउने भएको छ । सोमबार बसेको समिति बैठकले असार १ गतेभित्र नियुक्ति टुंगो लगाउने गरी सुनुवाइ गर्ने निर्णय गरेको हो ।
तीनदिनभित्र सुनुवाइ टुंगो लगाएपछि मात्रै प्रधानन्यायाधीश नियुक्तिको बाटो खुला हुनेछ । समितिले प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीविरुद्ध जेठ १६ गते उजुरी आह्वान गरेको थियो ।
१० दिनको समय उजुरीका लागि दिइएकोमा २९ उजुरी परेका छन् । जेठ ३० र ३१ गते समितिले उजुरीकर्तासँग छलफल बताएको छ । समितिसमक्ष कार्कीले प्रस्तुत गरेका कार्य योजना सदस्यहरूलाई उपलब्ध गराइएको छ ।
जेठ ३२ गते कार्कीलाई बोलाएर छलफल गर्ने कार्य तालिका तय छ । असार १ गते समितिले निर्णय गर्नेछ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #प्रधानन्यायाधीश नियुक्ती, #संसदीय सुनुवाइ समिति
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्