तीन दिनभित्र प्रधानन्यायाधीश नियुक्तिको बाटो खुलाउने निर्णय
काठमाडौं । प्रतिनिधिसभाको संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीश नियुक्तिको टुंगो असार १ गतेभित्र लगाउने भएको छ । सोमबार बसेको समिति बैठकले असार १ गतेभित्र नियुक्ति टुंगो लगाउने गरी सुनुवाइ गर्ने निर्णय गरेको हो ।
तीनदिनभित्र सुनुवाइ टुंगो लगाएपछि मात्रै प्रधानन्यायाधीश नियुक्तिको बाटो खुला हुनेछ । समितिले प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीविरुद्ध जेठ १६ गते उजुरी आह्वान गरेको थियो ।
१० दिनको समय उजुरीका लागि दिइएकोमा २९ उजुरी परेका छन् । जेठ ३० र ३१ गते समितिले उजुरीकर्तासँग छलफल बताएको छ । समितिसमक्ष कार्कीले प्रस्तुत गरेका कार्य योजना सदस्यहरूलाई उपलब्ध गराइएको छ ।
जेठ ३२ गते कार्कीलाई बोलाएर छलफल गर्ने कार्य तालिका तय छ । असार १ गते समितिले निर्णय गर्नेछ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #प्रधानन्यायाधीश नियुक्ती, #संसदीय सुनुवाइ समिति
ताजा खबर
- १एनआरएनएका पदाधिकारीहरु कुनैपनि राजनीतिक दल तथा भ्रातृ संगठनहरुमा आवद्ध नहुने
- २रविको सङ्गठित अपराध मुद्दा फिर्तासम्बन्धी रिटमा आजपनि सुनुवाइ, फैसला आउनसक्ने
- ३समानुपातिक सांसदलाई आज प्रमाणपत्र प्रदान गरिंदै
- ४किन आयो कांग्रेस सभापति गगन थापाको राजीनामा ?
- ५युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्