राष्ट्रिय सहकारी बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण
ललितपुर । राष्ट्रिय सहकारी बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा ललितपुरको महालक्ष्मी नगरपालिकाको लामाटार र रुपन्देहीको तिलोत्तमा सामुदायिक पार्कमा वृक्षारोपण गरिएको छ । बैंकको इमाडोल शाखाले वनस्पति, फलफूल लगायत विभिन्न जातका ८१ वटा बोट बिरुवा र तिलोत्तमा शाखाले विभिन्न जातका ५०० वटा बिरुवा रोपिएको बैंकले जनाएको छ ।
त्यस अवसरमा इमाडोलमा भएको वृक्षारोपण कार्यक्रममा बैंकका सञ्चालक रामहरि बजगाईँले रुद्राक्षको बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए । दिगो विकास लक्ष्य प्राप्ति अन्तरगत सहकारीहरूले वातावरण संरक्षण सम्बन्धी क्रियाकलापहरू गर्नुपर्ने आजको आवश्यकता रहेको भन्दै वर्तमान अवस्थामा जलवायु परिवर्तनले वातावरणीय पर्यावरणमा ल्याएको प्रभावलाई न्यूनीकरण गर्न यस्ता खालका कार्यक्रमहरूले टेवा पु¥याउने कुरामा जोड दिएका थिए ।
कार्यक्रममा बैंकको व्यवसाय विकास विभागका प्रमुख मधु रायमाझी, इमाडोल शाखाका शाखा प्रमुख अनुजा सैँजु, पदाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष राजाराम पौडेल लगायतको सहभागिता रहेको थियो । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ देखि विश्वमा वातावरणप्रति सचेतना फैलाउने उद्देश्यले हरेक वर्षको ५ जुनमा विश्व वातावरण दिवस मनाउने गरिन्छ ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्