शरणार्थी प्रकरणमा ३० जना प्रतिवादी विरुद्ध मुदा दायर, अव दोस्रो चरणको छानविन !

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ । बुधबार अपरान्ह सरकारी वकिल कार्यालयले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने ठगी प्रकरणमा ३० जना प्रतिवादी विरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमा अभियोग पत्र दायर गरेको हो । उनीहरु विरुद्ध ५ प्रकृतिको अभियोगमा मुद्धा दायर भएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहरिएका ३० जना विरुद्ध मुद्धा दायर भएको छ ।
बुधबार जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीले दिएको अन्तिम फाइल अध्ययन गरेर जिल्ला अदालत काठमाडाँैमा मुद्धा दायर गरेको हो । पक्राउ परेका १६ जना सहित फरार रहेका १४ जना विरुद्ध मुद्धा दाएर भएको हो । उनीहरुविरुद्ध ठगी, सरकारी कागजात कीर्ते, राष्ट्रहित विरुद्धको कसूर र संगठित अपराध जस्ता मुद्दा चलाउन प्रहरीले राय दिएको थियो । त्यसैअनुसार सरकारी वकिलको कार्यालयले अभियोगपत्र दायर गरेको हो । अब अदालतमा सम्भवतः शुक्रबारदेखि सुनुवाई शुरु हुनेछ । ठगीमा बिगो र ७० हजार रुपैयाँसम्म जरिवाना र ७ वर्षसम्म कैद सजाय हुन्छ ।
यस्तै, संगठित अपराधमा अतिरिक्त ५० प्रतिशत सजाय थप हुन्छ । एकीकृत कसुरमा सबैभन्दा बढी सजाय हुने कसूरको सजाय र त्यसपछिको अधिकतम सजाय हुने अर्काे कसूर बापतको सजायको आधा सजाय थप गरि सजाय गर्नुपर्ने कानूनी व्यवस्था छ । यस्तै, राष्ट्रहित प्रतिकुल कार्य गर्न नहुने कसूरमा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुन्छ । कीर्ते गर्न नहुने कसूरमा ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
सार्वजनिक ओहोदामा बसेर भएको अपराधमा अतिरिक्त ५० प्रतिशत सजाय थप हुने कानुनी व्यवस्था छ । यो संगै शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले नेता तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, कांग्रेस नेता बालकृष्ण खाँण, पूर्वसभासद आङटावा शेर्पा, गृह मन्त्रालयका तत्कालिन सचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत ३० जनाविरुद्ध अदालतमा मुद्धा दायर भएको हो ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लिने नाउमा १ अर्व भन्दा बढि रकम असुली भएको आकलन गरिएको छ । सडक, सदन देखि अन्तर्राष्ट्रिय समुदायमा समेत प्रबेश पाएको नक्कली शरणार्थी प्रकरणले काुनुनीरुप लिएसंगै अन्य भ्रष्ट्राचारका फाइल खुल्ने नागरिकले विश्वास लिएका छन् । तथापी आगामी दिनमा शरणार्थी प्रकरणकमा दोषीले कत्तिको सजाय पाउँछन् त्यो भने हेर्न बाकी छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #काठमाडौंमा मुद्दा, #जिल्ला सरकारी वकिल कार्यालय, #वकिल कार्यालय
ताजा खबर
- १प्रधानमन्त्रीको भारत भ्रमणमा दौरासुरुवाल हिट, खैरो कोटमा धपक्कै प्रचण्ड र मन्त्री
- २उज्जैनको महाकालेश्वर बाबा मन्दिरमा प्रचण्डको पूजाअर्चना, चढाए १०० रुद्राक्ष र ५१ हजार रुपैयाँ
- ३सम्झौताका सर्त र कानुन मिच्ने अस्पताललाई कारबाही गर्ने स्वास्थ्यमन्त्री बस्नेतको चेतावनी !
- ४पूर्वराजा ज्ञानेन्द्र शाह र झलनाथ खनालको के हो बिवाद ? देशमा घुम्न नदिने खनालको चेतावनी
- ५भ्रष्टाचार मुद्दामा चुडामणि शर्मासहित तीन पदाधिकारीलाई दोषी ठहर
तपाईको कमेन्ट लेख्नुहोस्