जनयुद्ध शब्दका बारेमा योगेश भट्टराई र देवेन्द्र पौडेलबिच संसदमा वादविवाद

काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको निति तथा कार्यक्रममाथिको छलफल संसदमा निरन्तर भइरहेको छ । छलफलका क्रममा नेकपा एमालेका सांसद योगे भट्टराईले नीति तथा कार्यक्रमको पहिलो बुँदामै जनयुद्ध शब्दको प्रयोग भएको भन्दै आपत्ति जनाए । उनले नेपालको कुनैपनि सरकारी दस्तावेजहरुमा जनयुद्ध शब्द हालसम्म उल्लेख नभएको भन्दै यसपटक प्रधानमन्त्रीले राष्ट्रपतिको मुखबाट जनयुद्ध शब्द वाचन गराउन लगाएको बताए ।
त्यसपछि रोष्टम पुगेका नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले मानिसले लडेको युद्धलाई जनयुद्ध नै भनिने भन्दै प्रतिवाद गरे । भट्टराईलाई जवाफ दिँदै सांसद पौडेलले सो युद्ध माछा, भालु, अर्ना, रुख र ढुंगाहरुले नलडेको भन्दै मानिसले लडेका कारणले जनयुद्ध भएको दाबी गरे ।
त्यसो त नेपालको संविधानमा जनयुद्ध शब्द राख्ने वा नराख्ने भन्ने विषयमा तत्कालिन समयमा व्यापक छलफल भएको थियो । त्यसैबेला नेकपा माओवादी केन्द्रले संविधानको प्रस्तावनामा जनयुद्ध शब्द राख्नुपर्ने अडान राखेको थियो । तर नेपाली कांग्रेससहित नेकपा एमालेले भने शसष्त्र युद्ध राख्नुपर्ने अडान राखेका थिए ।
अन्तिममा नेकपा माओवादी केन्द्रले शसष्त्र युद्ध नै राख्न तयार भएपछि संविधान जारी भएको थियो । अर्कातर्फ फागुन १ गते सरकारी विदा दिने व्यवस्था समेत खारेज भएको थियो । तर वर्तमान सरकारले भने फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउने निर्णय गर्दै सार्वजनिक विदा दिने निर्णय समेत गरिसकेको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #देवेन्द्र पौडेल, #योगेश भट्टराई
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्