वडामा पहिलो पटक गाडी पुगेपछी गाउँमा नाचगान
रुकुमपश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्वर १ सडक सञ्जालमा जोडिएपछि स्थानीयले खुशीयाली मनाएका छन् । जिल्लाकै विकट मानिने उक्त वडामा सडक सञ्जाल जोडिएपछि गाउँमा पहिलो पटक गाडि पुग्दा स्थानीयवासी खुसी भएका हुन ।
शनिवार वडा नम्वर १ मा पुगेका दुईवटा ट्याक्टर र डोजर पुगेपछि स्थानीयले चालक र जनप्रतिनिधिलाई फुलमालाले स्वागत गरेका छन् भने नाचगान गरेका थिए ।
यो क्षेत्रलाई सडक सञ्जालसँग जोड्न २०७८ सालमा सडक निर्माण सामग्री सहितको डोजर हेलिकोप्टरमार्फत ढुवानी गरिएको थियो ।
चट्टान क्षेत्र धेरै भएकाले दुई वर्षसम्म भीर फुटाउन नसक्दा वडा नम्वर १ र २ का नागरिक वडा नम्वर ३ हुँदै एक दिन पैदल हिडेर पालिका आउन बाध्य भएको वडाअध्यक्ष देव बहादुर घर्तीले जानकारी दिए । अब भने पालिका आउजाउ गर्न सहज भएको उनको भनाई छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #रुकुम पश्चिम, #सडक सञ्जाल, #स्थानीयले खुशीयाली
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्