अर्थमन्त्री डा.महत र रास्वपा सांसद विराजभक्त श्रेष्ठबिच बैठकमै चर्काचर्की !

काठमाडौं । संसदको अर्थ समितिमा अर्थमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठबिच भनाभन भएको छ । समितिको बैठकमा बोल्ने क्रममा सांसद श्रेष्ठले डाँडाको टुप्पोमा भ्युटावर लगाएतका विषय राखेपछि मन्त्री महतले पुराना कुरा नभन्न भनेका थिए । मन्त्री महतले अर्थतन्त्र र बजेटको बारेमा जिज्ञासा राख्न आग्रह गरेका थिए । सांसद श्रेष्ठले प्रश्न गर्न छाडेनन् ।
अन्तिममा मन्त्री महतले आफुलाई ढिलाई भएको बताए । जवाफमा सांसद श्रेष्ठले ढिला भएको भए बैठक छाडेर जान भनेका छन् । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले देशमा नीतिगत भ्रष्टाचार बढ्दै गएको बताए । उनले कागजपत्र, नियमावली संशोधन र सके संविधान नै संशोधन गरेर नीतिगत भ्रष्टाचार हुने गरेको आरोप समेत लगाए ।
बजेटको आकार विश्वसनीय बनाउनुपर्ने भन्दै उनले नीतिगत भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने बताए । बैठकमा सांसदहरुले परम्परागत बजेट नभइ कार्यान्वयनमा आउनसक्ने बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले विभिन्न क्षेत्रका लाइसेन्स वितरणका लागि अपारदर्शी रुपमा काम हुन लागेको आरोप लगाए ।
जवाफमा मन्त्री महतले कुनै व्यक्ति र व्यवासायी विशेषका लागि आफूले करका दर हेरफेर नगर्ने स्पष्ट पारेका छन् । उनले समग्रमा देशको अर्थतन्त्रलाई मध्यनजर गरेर करका दर हेरफेर हुने बताएका छन् । सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आइतबारदेखि छलफल हुनेछ । छलफलको अन्तिममा प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिनेछन् । त्यसपछि यही जेठ १५ गते विनियोजन विधेयक संसदमा पेश हुनेछ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #भ्रष्टाचार नियन्त्रण, #र्थमन्त्री, #विराजभक्त श्रेष्ठबिच
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्